दार्चुला – दार्चुलामा मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालय सञ्चालनमा ल्याइएको छ ।
यहि बैशाख ३० गते शुक्रबार तोकिएको स्थानीय तह निर्वाचनलाई व्यवस्थापन गर्न निर्वाचन कार्यालय दार्चुलाले मुख्य निर्वाचन अधिकृतको कार्यालय जिल्ला अदालतमा मुख्य निर्वाचन अधिकृतको कार्यालय सञ्चालनमा ल्याएको हो ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयसँगै जिल्लाका अन्य स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय उद्घाटन गरिएको छ ।
स्थानीय तह निर्वाचन व्यवस्थापन गर्न आयोगले बिहिबारदेखि दार्चुला सहित देशभरी नै जिल्ला निर्वाचन कार्यालय सञ्चालनमा ल्याएको जिल्ला निर्वाचन कार्यालय दार्चुलाले जनाएको छ । निर्वाचन आयोगले केही समयअघि जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृतमा नियुक्ति गरेको थियो ।
यससँगै सबै स्थानीय तहमा निर्वाचन अधिकृतहरू तोकी सम्बन्धित तहमा खटाइसकेको पनि निर्वाचन कार्यालय दार्चुलाले जनाएको छ । दार्चुला जिल्लामा मुख्य निर्वाचन अधिकृत कोमल प्रसाद आचार्य रहेका छन । अनुसार निर्वाचन अधिकृतको कार्यालय खुलेपछि निर्वाचनसम्बन्धी सम्पूर्ण कामहरु स्थानीय तहबाटै हुने बताए ।
यो पटक निर्वाचन अधिकृतको कार्यालय सँगै सशस्त्र प्रहरी बलले सुरक्षा दिनेछन् । सशस्त्रप्रहरी सबै स्थानीयतहमा खटिएको पनि सशस्त्र प्रहहरी बल नेपाल नम्बर ४४ गण दार्चुलाका डिएसपि जगत सिह डागाले जानकारी दिए ।
दार्चुलाको महाकाली नगरपालिकामा कोमल प्रसाद आचार्य, व्याँस गाउँपालिकामा कोशलेश्वर ज्ञवाली, दुहु गाउँपालिकामा बुद्धिलाल श्रेष्ठ, मालिकार्जुन गाउँपालिकामा ओमप्रसाद भट्टराई, लेकमगाउँपालिकामा ज्ञानेन्द्र पराजुली, शैल्यशिखर नगरपालिकामा हरिसिहधामी, नौगाड गाउँपालिकामा गोविन्दराज सेढाई, मार्मा गाउँपालिकामा लवराज अवस्थी, अपिहिमाल गाउँपालिकामा दिपक ज्ञवाली निर्वाचन अधिकृत खटिनु भएको छ । निर्वाचन स्थलमा नेपाल प्रहरी र म्यादी प्रहरी खटिनेछन् । कुनै घट्ना घटिहाले निर्वाचन मतदान केन्द्र नजिकै नेपाली सेना र सशस्त्रप्रहरीको व्याकअपफोर्स तयारी राखिने सुरक्षा योजना छ । निर्वाचनलाई शान्तिपूर्वक बनाउन मोवाइल गस्ती, पट्रोलिङ गस्ती निरन्तर हुने पनि बताइएको छ ।