काठमाडौं : जिल्ला अदालत काठमाडौंले क्रिकेटर सन्दीप लामिछाने विरूद्धको बलात्कार मुद्दामा दुवै पक्षलाई बहस नोट बुझाउन आदेश दिएको छ।
बिहीबार न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासले एक महिनाभित्र अर्थात मंसिर २२ गतेसम्म बहस नोट बुझाउन दुवै पक्षका वकिललाई आदेश दिएको सन्दीपका वकिल मुरारी सापकोटाले बताए।
उनका अनुसार अर्को पेशी मंसिर २४ मा तोकिएको छ।
Facebook Comments Box