जाजरकोट : गत शुक्रबार जाजरकोटको रामीडाँडा केन्द्रबिन्द् भएर ६.४ म्याग्निच्युडको भूकम्प गएपछि विज्ञहरूले स्थलगत निरीक्षण गरिरहेका छन्। भूकम्प अध्ययनका लागि नास्ट र भूकम्प अनुसन्धान केन्द्रले रुकुम र जाजरकोटको दुई–दुई ठाउँमा भूकम्प मापन प्रविधि संयन्त्र जडान गरेको छ।
नास्टले बारेकोट रामीडाँडा केन्द्रबिन्दु सीमा जोडिएको कुशे गाउँपालिका, रुकुम पश्चिमको खलंगा र गोतमकोट र भूकम्प मापन केन्द्रले बारेकोटमा २ भूकम्प मापन यन्त्र जडान गरिएको नास्ट र भूकम्प अनुसन्धान केन्द्रले जनाएका छन्। यो क्षेत्रमा परकम्पन अझै पनि गइरहेको जाजरकोट र रुकुम पश्चिमको स्थलगत अध्ययन गरेका भूकम्प मापन केन्द्र तथा अनुसन्धान केन्द्रका लोकविजय अधिकारीले बताए। उनले यो क्षेत्रमा अझै जोखिम भएको बताए।
जाजरकोटको रामीडाँडालाई केन्द्र बनाएको भूकम्पले १ सय ५४ को मत्यु भएको छ भने दुई सयभन्दा बढी घाइते भएका छन् । त्यसले जाजरकोटका चार र रुकुमका तीन पालिकामा बढी क्षति पुर्याएको छ । भूकम्पले ३५ हजार परिवार घरबारविहीन बनेका छन्। जाजरकोट र रुकुम पश्चिमलगायत १३ जिल्लामा १७ हजार ७ सय ९२ घर पूर्ण रूपमा भत्किएका छन्। त्यस्तै १७ हजार ५ सय २९ कच्ची घर चर्किएकाले बस्न नमिल्ने अवस्थामा छन्।