कैलाली– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले अध्यक्ष ओलीलाई परास्त गरेर फेरि बाम एकता हुने बताएका छन् । कैलालीको मसुरियामा विहीबार आयोजित जनसभालाई सम्बोधन गर्दै यही चुनावबाटै ओलीलाई परास्त गरिने बताए ।
‘केपी ओलीको निरकुंश प्रवृत्तिलाई परास्त गरेर फेरि वाम एकता हुन्छ,’ उनले भने, ‘त्यो काम यही चनावबाट हुन्छ । त्यसका लागि अहिले सत्ता गठबन्धन एक भएर चुनावमा होमिएको छ ।’
उनले गठबन्धनलाई बलियो बनाएर वामपन्थीमध्येको एक नम्बरको कम्युनिस्ट पार्टी बनाउनुपर्ने बताए । कम्युनिस्ट पार्टी एक भएपछि गठबन्धन नयाँ सिराबाट अगाडि बढ्ने उनको भनाई छ ।
साथै उनले अहिलेको सत्ता गठबन्धन पछिसम्म रहने र यसैले नै देशलाई पार लगाउने बताए ।
Facebook Comments Box