काठमाडौं– नेपाली कांग्रेसको काठमाडौं महानगरपालिका समितिले मेयरका लागि पाँच जनाको नाम सिफारिस गरेको छ ।
कांग्रेसको नगर समितिले प्राथमिकता क्रमको आधारमा नीलकाजी शाक्य, सिर्जना सिंह, हरिप्रभा खड्गी, सुशन वैद्य र प्रगतिमान रञ्जितको नाम सिफारिस गरेको हो ।
काठमाडौं महानगरपालिकामा सत्तारुढ गठबन्धनकोतर्फबाट कांग्रेसले उम्मेदवार उठाउने भएको छ । नगर समितिले पाँच जनाको नाम सिफारिस गरेको भए पनि सिर्जना सिंह उम्मेदवार बन्ने चर्चा छ । सिंह कांग्रेस नेता प्रकाशमान सिंहकी श्रीमती हुन् ।
उम्मेदवारका आकांक्षीहरुको नाम प्रदेश समितिमा सिफारिस गरि पठाइएको कांग्रेसको नगर समितिका उप–सभापति सन्तकुमार महर्जनले बताए ।
Facebook Comments Box