डोटी : डोटीमा एक किशोरीमाथि सामूहिक करणी गरेको आरोपमा तीन जना पक्राउ परेका छन्।
जिल्लाको बडिकेदार गाउँपालिका-२ का तीन युवक सामूहिक करणीको आरोपमा पक्राउ परेका हुन्।
पक्राउ पर्नेमा बडीकेदार गाउँपालिका- २ का १८ वर्षीय गोपाल साउँद, १९ वर्षीय करन साउँद र २६ वर्षीय प्रेम धामी रहेको डोटी प्रहरीले जनाएको छ।
उनीहरूले मंसिर १ गते साँझ साढे ६ बजे १७ वर्षीय किशोरीलाई सामूहिक जबरजस्ती करणी गरेको आरोप छ। घटना १ गतेको भएपनि प्रहरीलाई २ गते सूचना प्राप्त भएपछि आरोपित तीनै जनालाई सोही दिन प्रहरीले नियन्त्रणमा हो।
Facebook Comments Box