काठमाडौं : पोखरा भइरहेको केपी ओली कप टी–२० क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबका ओपनर कुशल भुर्तेलको शतकको मदतमा पुलिस क्लबले मधेश प्रदेशलाई दियो १७६ रनको लक्ष्य दिएको छ।
मधेश प्रदेशविरूद्ध टस जितेर पहिले ब्याटिङ गरेको पुलिसका लागि कुशलले १०२ रन जोडेका हुन्। उनले ५७ बलमा ८ चौका र ७ चौका प्रहार गरे। कुशलको शतकसँगै पुलिसले ५ विकेटको क्षतिमा १७५ रन जोड्यो।
पुलिसका लागि अर्का ओपनिङ ब्याट्सम्यान सुनिल धमलाले ४५ रन बनाए। उनले ४७ बलमा ४ चौका प्रहार गरे। धमला र कुशलबीच पहिलो विकेटका लागि १६ ओभरमा १३८ रनको साझेदारी भयो।
समूह सी को यो खेलमा पुलिसका लागि करण केसीले ५ बलमा २ चौका र १ छक्का हिर्काउँदै नटआउट १६ रन जोडे। बलिङमा मधेशका विशाल पटेल र विशाल सुस्लिङले २–२ विकेट लिए।
Facebook Comments Box