कञ्चनपुर : महाकाली सिचाइ दित्तिय चरण अन्तर्गतको शिवनगर मेन नहर सरसफाइको काममा अनियमितता भएको पाइएको छ । कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्र अन्तर्गत बेलौरी नगरपालिका र बेलडाँडि गाउपालिका जोड्ने मुल नहर सरसफाइमा अनियमितता भएको हो ।
गत आवको अन्त्यमा २०७९/०८० मा सिचाइ कार्यालयले बेलौरी नगरपालिका -१० मा करिब ६ किमि नहर सफा गरेको थियो । त्यसपछि नयाँ आव २०८०/०८१ कार्तिकमा बेलौरी नगरपालिका १० भुडा देखी बेलडाडी गाउँपालिका -५ झिलमिला सम्म करिब ८ कि .मि नहर सरसफाइ गरेको हो ।
सिचाइको क्षेत्रीय समितीले नहर सफाइको क्रममा नहरको माटो बेचेको थियो । क्षेत्रीय समितीले नहरको माटो प्रति ट्राली ५ सयका दरले बेचेको हो । बेचेको माटोको रसिद नदिइ कापिमा लेखी पैसा उठाइएको थियो । क्षेत्रीय समितीले नियम विपरीत पैसा उठाएको आरोप लागेको छ।
सरसफाइका क्रममा सिचाइले करिब ५ सय भन्दा बढि ट्राली बेचेको पार्दर्शी हिसाब छैन । जसबाट उठेको करिब ३ लाख जति रकमको पार्दशी हिसाब नभएपछि विवाद उत्पन्न भयो ।त्यसपछि कार्तिक अन्तिमतिर झिललमिलामा काम रोकियो।
यसबारे बुझ्दा माहाकाइ सिचाइ जल उपभोक्ता क्षेत्रीय समितिका अध्यक्ष गोपाल कुवरले सरसफाइको क्रममा ५ सयका दरले माटो लोडिङ भनेर पैसा उठाएको बताए । माटो कति बेचियो ? कति पैसा उठ्यो ? भन्नेबारे अध्यक्ष कुवर नै अनबिज्ञ छ्न ।
‘ माटो बेचेका हैनौ ,लोडिङ भनेर पैसा उठाएका थियौ ‘ अध्यक्ष कुवरले भने ‘ अहिलेसम्म के कति उठ्यो थाह छैन , हिसाब गरेका छैनौ ।’ ब्लकलाई जिम्मा दिएको बताउदै अहिलेसम्म उनीहरुले हिसाब नबुझाएको कुवरले दुखेसो पोखे ।
क्षेत्रीय कार्यसमितलाई आर्थिकको समस्या छ । मेसिन मर्मत ,खाना खर्च लगायत अन्य विविध खर्चका लागी ५ सयका दरले माटो लोडिङ गरिएको पैसा उठाएको उनले बताए । आफुसङ्ग हिसाब नरहेको बताउदै धेरैलाई उधारोमा माटो दिएको अझै पैसा उठन बाकी रहेको उनको भनाइ छ ।
जल उपभोक्ता क्षेत्रीय समितले बिना रसिद पैसा उठाएको भन्दै पार्दशी हिसाब नआउने स्थानीयको बुझाइ छ ।
माहाकाली सिचाइ व्यवस्थापन कार्यालय कञ्चनपुरले नहरमा सरसफाइका लागि एक जना प्राविधिक सहित भ्याक्कु ( स्काभेटर ) र तेल दिएको थियो । मुल नहर र शाखा नहर सरसफाइको रेखदेखको सबै जिम्मा सिचाइको क्षेत्रीय समितीको हो ।
नहरमा माटो र झाडिले पुरिदै गएपछि स्थानीय र उपभोक्ता समिती मार्फत धेरै गुनासो आएपछि नहर सफाईका लागी मेसिन र प्राविधिक पठाएको माहकाली सिचाइ व्यवस्थापन कार्यालय कञ्चनपुरका डिन ( हाकिम ) रामकृष्ण घोरासैनिले बताए ।
‘माटोमा बेचेको बारे मलाई थाहा छैन ,सफाइका लागी क्षेत्रीय समितिलाई जिम्मा दिइएको हो ‘ घोरासैनीले भने ‘ यहाँबाट मेसिन र प्राविधिक पठाएका हौ ,पछि विवाद आएपछि काम रोकेका हौ ,बिवाद समाधान भएपछि काम पुन : सुचारु गर्छौ ।’
झिलमिलामा स्थानीयहरुले ड्रेन सफा गरेपछि मात्र नहर सफाइ गर्न दिने र माटोमा अनिमितता भएको बिवाद आएपछि माहाकाली सिचाइ व्यवस्थापन कार्यालय कञ्चनपुरले काम रोकेको थियो ।