धनगढीः धनगढी उपमहानगरपालिका वडा नम्बर १ पार्कमोडमा रहेको अवैध संरचनामाथि डोजर चलाइएको छ।
शनिवार उपमहानगरले स्थानीय दुष्यन्त बस्नेत र प्रदिपकुमार अग्रवालको नाममा दर्ता रहेको जग्गामा अमित प्लाजा रहेको घरमा बनेको अवैध संरचना नगर प्रहरी र डोजरको सहयोगमा भत्काइएको हो।
घरधनी बस्नेत र अग्रवालले धनगढी उपमहानगरपालिकाबाट नक्सा पास नगरी घरमा तला थप गरेका थिए ।
अवैध संरचना हटाएर सडक क्षेत्राधिकार र नाला निकासको अवरोध हटाउन उपमहानगरपालिकाले घरधनीका नाममा मंसिर १४ गते अन्तिम पत्र काटेको छ। सडक चौडा बनाउन र नालीको निकास व्यवस्थित बनाउन अवैध संरचना हटाउनु परेको नगर प्रमुखको सचिवालयले जनाएको छ।
Facebook Comments Box