काठमाडौं : नेपाल मेडिकल काउन्सिलले लिएको विशेषज्ञ दर्ता प्रमाणपत्र परीक्षामा ८९ जना डाक्टर अनुतीर्ण भएका छन्।
काउन्सिलले लिएको २७ औं विशेष परीक्षामा कूल सहभागीमध्ये करिब ४९ प्रतिशत अर्थात् ८९ जना अनुतीर्ण भएका हुन्।
काउन्सिलले आज सार्वजनिक गरेको नतिजामा ९४ जना परीक्षार्थी उत्तीर्ण भएको उल्लेख छ। एक सय ८३ जना परीक्षार्थी सहभागी परीक्षामा ५१ दशमलब ३६ प्रतिशत उत्तीर्ण भएका हुन्।
यसअघि गत मंसिर १२ गते लिइएको विशेषज्ञ दर्ता प्रमाणपत्र परीक्षामा ४८ दशमलब ३३ प्रतिशत सहभागी उत्तीर्ण भएका थिए।
परीक्षामा उत्तीर्ण परीक्षार्थीले विशेषज्ञ प्रमाणपत्रका लागि सूचना प्रकाशन भएको मितिले ३५ दिनभित्र अनलाइन आवेदन दिनुपर्ने काउन्सिलले जनाएको छ।
त्यस्तै, नतिजामा चित्त नबुझे परीक्षार्थीले ३५ दिनभित्र १५ सय रुपैयाँ दस्तुर तिरेर पुनर्योग गर्न सक्ने बताइएको छ।
Facebook Comments Box