दार्चुला : दार्चुलामा भीरबाट लडेर एक महिलाको ज्यान गएको छ ।
जिल्लाको लेकम गाउँपालिका –४ रातामाटा स्थित देवलपाती भिरबाट लडेर महिलाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
प्रहरी कार्यालय दार्चुलाका अनुसार रातामाटास्थित देवपाती भिरमा घासकाट्ने क्रममा लडेर ५५ वर्षीया तुलसी पाठकको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एवम सुचना अधिकारी ज्ञानेन्द्र बहादुर सिंहले जानकारी दिए ।
घटनास्थलमै मृत्यु भएकी महिला ६० मिटर तल खसेपछि उनको ज्यान गएको उनले बताए । घटना आइतबार दिउसो साढे ३ बजेतिर घटेको हो । घटनाको बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
Facebook Comments Box