काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक अझै बस्न सकेको छैन । शनिबार बिहान ११ बजेका लागि बोलाइको बैठक दिउँसो ३ बजेका लागि सारिएको थियो ।
तर चार बज्न लाग्दा पनि शीर्ष नेता प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमै छन् । बालुवाटारमा सहमति जुट्न नसकेपछि सानेपामा बस्ने केन्द्रीय कार्यसम्पादन समिति बैठक अनिश्चित बनेको हो ।
महानगरपालिका मेयर–उपप्रमुखका उम्मेदवारको नाममा सहमति जुटाउन शुक्रबारदेखि बालुवाटारमा अनौपचारिक छलफल भइरहेको छ ।
काठमाडौं महानगरपालिकाको मेयर पदको उम्मेदवार सिर्जना सिंहको नाममा सहमति भएपनि विराटनगर र ललितपुर महानगर मेयरको उम्मेदवारमा सहमति हुन सकेको छैन । शीर्ष नेतामा सहमति नजुटि कार्यसम्पादन समिति बैठकमा नजाने सभापति शेरबहादुर देउवाको तयारी छ ।
Facebook Comments Box