काठमाडौं : एसीसी यु–१९ एसिया कप क्रिकेटमा आज दुई खेल हुँदैछन्।
संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी खेलमा आज समूह ‘बी’ अन्तर्गत यूएई र बंगलादेश तथा श्रीलंका र जापानबीच प्रतिस्पर्धा हुँदैछ।
दुवै खेल नेपाली समयअनुसार बिहान सवा ११ बजे यूएईको दुबईमा सुरु हुनेछन्। ८ देश सहभागि प्रतियोगितामा समूह ‘ए’ मा नेपाल, पाकिस्तान, भारत र अफगानिस्तान छन्।
समूह ‘बी’ मा घरेलु टोली यूएई, जापान, श्रीलंका र बंगलादेश छन्। समूह ‘ए’ मा रहेका टोलीले एक – खेल खेलिसकेका छन्।
हिजो भएको खेलमा खेलमा नेपाल पाकिस्तानसँग र अफगानिस्तान भारतसँग समान ७ विकेटले पराजित भएका थिए।
नेपालले भोलि अफगानिस्तानसँग र मंगलबार भारतसँग खेल्नेछ। प्रतियोगितामा समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन्।
Facebook Comments Box