काठमाडौं : क्रिकेटर सन्दीप लामिछानेविरुद्ध बलात्कार मुद्दाको सुनुवाइ आज पनि स्थगित भएको छ। यसअघि पनि यो मुद्दा पटक पटक स्थगित हुँदै आएको थियो।
सो मुद्दा आज काठमाडौँ जिल्ला अदालतका न्यायाधीश पदमराज पाण्डेयको इजलासमा एक नम्बरमा रहेको थियो। तर, नेपाल बार एसोसिएसनको चितवनको सौराहामा गोष्ठी भएका कारण अधिवक्ता उपस्थित हुन नसक्ने भएपछि सुनुवाइ स्थगित गरिएको बताइएको छ।
यसअघि गत कात्तिक २३ गते काठमाडौँ जिल्ला अदालतका न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासले दुवै पक्षसँग बहस नोट मगाएको थियो। दुवै पक्षबाट गत शुक्रबार बहस नोट पेस भएपछि आजका लागि सुनुवाइको पेसी तोकिएको थियो।
सन्दीप प्रतिवादी रहेको जबरजस्ती करणी मुद्दामा हाल उमेर विवाद मुख्य विषय बनेको छ।
Facebook Comments Box