काठमाडौं– सल्यानमा जेसीबी पल्टिँदा चालकको मृत्यु भएको छ । जिल्लाको बागचौर नगरपालिका–६, सिमखोलास्थित सडकमा जेसीबी पल्टिँदा दाङको बबई गाउँपालिका–४, हापुरेका अन्दाजी ३३ वर्षीय देवराज खत्रीको घटनास्थलमै मृत्यु भएको हो ।
दुर्घटनामा परिचालक सल्यानको छत्रेदेउराली गाउँपालिका–१, दमाचौरका १८ वर्षीय चित्रबहादुर विक घाइते भएका छन् । उनको जिल्ला अस्पताल सल्यानमै उपचार भइरहेको छ ।
गए राति करिब साढे ९ बजे सल्यानको महिदोलेदेखि जामुलेचौर वडा कार्यालय जोड्ने सडक फराकिलो बनाउँदै गरेको रा१क ७१९ नम्बरको जेसीबी सडकबाट अन्दाजी २० मिटर तल खसेको थियो ।
Facebook Comments Box