बझाङः ६ किलो भन्दा बढी लागूऔषध चरेससहित बझाङमा दुई जना पक्राउ परेका छन्।
बुधबार दुर्गाथली गाउँपालिकाबाट केदारस्युँ तर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१००९ प १४४० मोटरसाइकलमा सवार केदारस्युँ गाउँपालिका–९ का प्रेम बोहरा र सोही गाउँपालिकाको–८ का सुनिल बोहरा चरेससहित पक्राउ परेका हुन्।
उनीहरूलाई दुर्गाथली गाउँपालिकाको आमरुखबाट प्रक्राउ गरिएको प्रहरीले जनाएको छ। उनीहरुको साथबाट ६ किलो ६० ग्राम चरेस बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता दीपेश चौधरीले बताए। मोटरसाइकलसहित नियन्त्रणमा लिएर उनीहरू माथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
Facebook Comments Box