काठमाडौं : सरकारले चार दर्जन नर्सको बढुवा गरेको छ । स्वास्थ्य सेवा विभागले नेपाल स्वास्थ्य सेवा ऐन, २०५३ ले तोकेका आधार र प्रक्रिया पुगेका ४९ जना नर्सको स्तरवृद्धि गरेको हो।
छ जना नर्सलाई छैठौंबाट सातौं र ४३ जनालाई पाँचौंबाट छैठौं तहमा बढुवा गरिएको विभागले जनाएको छ। छैठौंबाट सातौंमा स्तरवृद्धि हुनेमा बिन्दु कँडेल, सुनिता खत्री थापा, सुशिला तिमिल्सिना, राजेश्वरी समाल, बेली लम्साल पौडेल र विष्णु पन्थी खनाल छन्।
त्यस्तै, शारदा मल्ल, सुनकेसा बुढा, गीताकुमारी चौधरी, रामेश्वरी रावल, विजयालक्ष्मी उपाध्याय, विमला राना, सञ्जु ज्ञवाली, लक्ष्मी गुरुङ्ग, शर्मिला खनाल, लक्ष्मी खड्का ओली, प्रभा अधिकारी, मानकुमारी खड्का, अनिता चौधरी, सोनमकुमारी सिंहलगायतको पाँचौं तहबाट छैठौंमा बढुवा भएको छ।
Facebook Comments Box