काठमाडौं : पूर्व गृहमन्त्री बालकृष्ण खाणलाई कारागार प्रशासनले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बुझाउने तयारी गरिरहेको छ।
उच्च अदालत पाटनले नक्कली भुटानी शरणार्थी प्रकरणमा खाणलाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो। सोही अनुसार शुक्रबार जिल्ला अदालतमा धरौटी बुझाएपछि उनी रिहा हुन्छन्।
तर, धरौटी बुझाएपछि खाणलाई सम्पत्ति शुद्धीकरण र अख्तियारमा उपस्थित गराइने केन्द्रीय कारागारका जेलर मित्रलाल लुइँटेलले बताए।
भुटानी शरणार्थीको कोटामा अमेरिका पठाउँछु भनेर ठगेको मुद्दामा खाणलाई उपस्थित गराउन सम्पत्ति शुद्धीकरण र अख्तियारले यसअघि नै कारागारमा पत्र पठाएका थिए।
बिहीबार न्यायाधीश कृष्णराम कोइरालाको एकल इजलासले खाणलाई ३० लाखमा छाड्न आदेश दिएसँगै उनी रिहा हुन लागेका हुन्।
Facebook Comments Box