गुल्मी: गुल्मीमा बोका चोरेको आरोपमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ।
जिल्लाको जिल्ला रेसुङ्गा नगरपालिका– बस्ने २३ वर्षका वीरेन्द्र परियार र सोही स्थानकै परिवर्तित नाम ४६ रेसुङ्गा लाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका डिएसपी डिल्लीनारायण पाण्डेले बताए।
गत मंसिर १५ गते राति रेसुङ्गा नगरपालिका-५ बर्दबासकी बिष्णु कुमारी जोगी कुँवरले बोका खोरबाटै चोरी भएको भनी प्रहरीमा निवेदन दिएकी थिइन्।
पक्राउ परेकाहरुले सोधपुछका क्रममा बोका काटेर केही मासु खाएको र केही मासु बिक्री गरेको बताएको डिएसपी पाण्डेले बताए।
Facebook Comments Box