कञ्चनपुरः कञ्चनपुरमा लागुऔषधसहित एक युवक पक्राउ परेका छन्।
दोधारा चाँदनी नगरपालिका-१ स्थित महाकाली नदीमा निर्माणाधीन पक्की पुलबाट २.४२ ग्राम लागूऔषध (खैरो हेरोइन)सहित बेदकोट नगरपालिका-१० का ३० वर्षीय धनिराम कामी आइतवार पक्राउ परेका हुन्।
आइतवार लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगर र अस्थायी प्रहरी पोष्ट झोलुङ्गेबाट खटिएको संयुक्त प्रहरी टोलीले उनलाई भारतबाट नेपाल तर्फ आउदा चेकजाँच गर्ने क्रममा पक्राउ गरेको जनाएको छ।
चेकजाँच गर्दा उनले प्रयोग गरेको मोटरसाईकलको हेडलाइटको भाइजरमा लुकाइ राखेको अवस्थामा लागुऔषध फेला पारी भारतीय नम्बर प्लेटको मोटरसाईकल एक थानसहित नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।
Facebook Comments Box