धनगढी: बैतडीको पुर्चौडी नगरपालिकाले सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरूको तलब मासिक रूपमा निकासा गर्ने भएको छ।
नगरपालिकाले आगामी माघदेखि शिक्षकहरूलाई मासिक रूपमा तलब उपलब्ध गराउने निर्णय गरेको हो।
निमित्त प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार कुँवरले माघदेखि सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारीलाई मासिक रूपमा तलब उपलब्ध गराउने निर्णय भएको बताए। निमित्त प्रमुख प्रशासकीय अधिकृत कुँवरले यो सँगै अन्य पाँच निर्णय गरी बिहिवार कार्यभार समालेका हुन्।
नगरपालिकाले सामुदायिक विद्यालयमा कार्यरत शिक्षक कर्मचारीको तलब त्रैमासिक रूपमा उपलब्ध गराउँदै आएकोमा अब भने मासिक तलब निकासा गरिने भएको हो।
Facebook Comments Box