बझाङः जिल्लाको केदारस्यु गाउपालिका–१ रायलमा रहेको निर्माणाधिन बर्थिङ सेन्टरको भवनलाई स्थानियले घाँस राख्ने गोठ बनाएका छन्।
पालिकाकाे कनाडा, डुडिल, सिम, बगाल, चौडाला, पाडेचौर, रायल र पथुडाका स्थानियहरुलाई लक्षित गरि दुई वर्ष अघि वर्थिङ सेन्टर निमार्णको काम सुरु गरिएको थियो। तर भवन निमार्णको काम अलपत्र परेपछि स्थानियले अहिले घाँस राख्ने ठाँउ बनाएका हुन्।
वर्थिङ सेन्टरको निमार्ण कार्य अपुरो भएपछि उक्त क्षेत्रका स्थानियले रायल प्राथमिक स्वास्थ्य केन्द्र देउरा जानुपर्ने बाध्यता रहेको छ। गाँउपालिका अध्यक्ष गणेश बोहराले सामाजिक विकास मन्त्रालय बाट बजेट विनियोन भई आएको र स्वास्थ्य कार्यालय मार्फत भवन निमार्णको काम तत्काल अगाडी बढाई सञ्चालनमा ल्याउने तयारी भइरहेको बताए।
Facebook Comments Box