Author: Dipak Dhamala

काठमाडौं – निर्माणाधीन पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा परीक्षण उडान तोकिएको समयमा नहुने भएको छ। तिहारअघि रिट्ठेपानी डाँडा कटानको काम सुरु गर्ने र तिहारलगत्तै परीक्षण उडान गरी आगामी पुस १७ गतेदेखि व्यावसायिक रूपमा सञ्चालनमा ल्याउने नेपाल नागरिक उड्डयन प्राधिकरणको तयारी थियो तर प्रस्ताव मूल्याङ्कनको काममा ढिलाइ हुँदा परीक्षण उडान लम्बिने देखिएको हो। पूर्व–पश्चिम दिशामा रहेको दुई हजार पाँच सय मिटर लम्बाइ र ४५ सय मिटर चौडाइ रहेको धावनमार्गको सामुन्नेमा सो डाँडा पर्छ। विमानस्थल सञ्चालनअघि विमानस्थलको पूर्वी सिमानाबाट १.३५ किलोमिटरको दूरीमा रहेको रिट्ठेपानी डाँडाको ४० मिटर काट्नुपर्ने हुन्छ। प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार हवाई सुरक्षाका लागि विमानस्थल छेउको सो डाँडा कटान गर्नैपर्ने हुन्छ। प्राविधिक…

Read More

काठमाण्डाै – निर्वाचन आयोगले मङ्सिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य चुनावका लागि जारी भएको आचारसंहिता विपरीत हुने गरी त्रिभुवन विश्वविद्यालयको जनस्वास्थ्य केन्द्रीय विभाग र चिकित्सा शिक्षा शास्त्र अध्ययन संस्थानलाई स्पष्टीकरण माग गरेको छ । स्पष्टीकरणमा आयोगलाई जानकारी गराइ विश्वविद्यालय सेवा आयोग र शिक्षक सेवा आयोगको नियमित रुपमा हुने पदपूर्तिसम्बन्धी कारबाही गर्न बाधा नहुनेबाहेक नयाँ पद सिर्जना गर्ने, रिक्त पदपूर्ति गर्ने, भत्ता वृद्धि गर्ने लगायतका कुनै पनि आर्थिक सुविधा र पुरस्कार प्रदान गर्न नहुने आचारसंहिताको व्यवस्था स्मरण गराउँदै ती निकायले सुरु गरेको करार सेवामा पदपूर्ति प्रक्रिया नियमित प्रक्रिया हो होइन ? भन्ने प्रश्न गरिएको छ । होइन भने…

Read More

बेलायतका नवनियुक्त चान्सलर जेरेमी हन्टले प्रधानमन्त्री लिज ट्रस सरकारले जारी गरेका सबैजस्तो प्रमुख र महत्त्वपूर्ण आर्थिक नीतिहरू उल्ट्याइदिनुभएको छ । उहाँले हप्तौँ लामो वित्तीय उथलपुथल अन्त्य गर्ने प्रयास स्वरूप यो कदम चालेको बताउनुभएको छ । आफ्ना योजनाहरू द्रुतगतिमा कार्यान्वयन गरेको र बजारलाई सहज र आश्वस्त तुल्याउन यी कदमहरू आवश्यक रहेको पनि चान्सलर हन्टको भनाइ छ । करमा व्यापक कटौती गर्नेसम्बन्धी सरकारको प्रस्तावले पाउन्डको मूल्यमा गिरावट आएको र बेलायत सरकारको उधारोको लागत वृद्धि भएको थियो । हन्टको कदमपछि बजारले सकारात्मक प्रतिक्रिया देखाएको छ । उहाँले प्रधानमन्त्रीले जारी गरेको नीतिहरू खारेज गरेसँगै पाउन्डको मूल्यमा वृद्धि भएको छ र सरकारको उधारोको लागतमा कमी…

Read More

काठमाण्डाै –  मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका लागि देशभर कुल १ करोड ७९ लाख ८८ हजार ५ सय ७० मतदाता रहेका छन् । यीमध्ये ८८ लाख ४७ हजार ५ सय ७९ जना पुरुष, ९१ लाख ४० हजार ८ सय ६ महिला र १ सय ८५ जना अन्य रहेका छन् । देशभर प्रतिनिधि सभाका लागि निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ कुल १ सय ६५ निर्वाचन क्षेत्र रहेका छन् । प्रदेश सभातर्फ प्रदेश एकमा ५६, मधेस प्रदेशमा ६४, बाग्मती प्रदेशमा ६६, गण्डकी प्रदेशमा ३६, लुम्बिनी प्रदेशमा ५२, कर्णाली प्रदेशमा २४ र सुदूरपश्चिम प्रदेशमा ३२ वटा निर्वाचन क्षेत्र रहेको छ ।…

Read More

काठमाण्डाै – राप्रपा नेपालका ५ पदाधिकारी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न पुगेका छन् । केही पहिलामात्रै राप्रपाबाट राप्रपा नेपालमा प्रवेश गरेका उपाध्यक्ष श्याम तिमल्सिना र सहमहामन्त्री दमन बस्नेतसहितका पदाधिकारी अध्यक्ष प्रचण्डलाई भेट्न मंगलबार बिहान खुमलटार पुगेका हुन् । चुनावको समयमा राप्रपाका पाँच पदाधिकारी प्रचण्डलाई भेट्न पुग्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।  राप्रपाका सहमहामन्त्री बस्नेतले आफूहरुले अध्यक्ष प्रचण्डलाई भेटेको पुष्टि गरे । खुलमटारबाटै बोलावट भएपछि राजनीतिक भेटवार्ता र तिहासको शुभकामना आदानप्रदानका लागि आफूसहित उपाध्यक्ष तिमल्सिना, महामन्त्री केशव श्रेष्ठ, कोषाध्यक्ष ज्ञानेन्द्र कार्की र प्रवक्ता सुरेश आचार्य खुमलटार गएको उनको भनाइ छ ।  सो क्रमममा राप्रपा नेपालका नेताहरुले प्रचण्ड राष्ट्रिय नेता…

Read More

काठमाण्डाै – उपमहानगरपालिकले फोहोर व्यवस्थापनका लागि कुहिने नकुहिने फोहोर छुट्टाउन फरक–फरक डस्टवीन राखेको छ। सोमबार धनगढीका केही स्थानमा डस्टवीन राखी सो कार्यको थालनी गरिएको हो। धनगढी चौराहा, नेशनल चोक, ज्ञानु प्लाजाको नजिक कुहिने र नकुहिने फोहोर छुट्टाउन फरक फरक डस्टवीन राखिएको धनगढी उपमहानगरपालिकाले जनाएको छ। साथै सम्पूर्ण धनगढीवासीलाई धनगढी सुन्दर र सफा बनाउने उपमहानगरको अभियानमा सहयोग गर्न उपमहानगरपालिकाले अपिल गरेको छ।

Read More

काठमाण्डाै – मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावका लागि निर्वाचन आयोगले उम्मेदवार तथा दलहरूले गर्ने खर्चको सीमा निर्धारण गरेको छ । विभिन्न तीन पक्षलाई आधार मानेर निर्वाचन आयोगले पहिलो हुने निर्वाचित प्रणालीतर्फ फरक–फरक निर्वाचन क्षेत्रका लागि फरक–फरक खर्चको सीमा तोकेको छ । खर्चको सीमा निर्धारण गर्दा २०७९ साल भदौ ३१ गते प्रकाशित अन्तिम मतदाता नियमावलीमा सम्बन्धित निर्वाचन क्षेत्रमा कायम मतदाताको सङ्ख्यालाई ६० प्रतिशत भार, सम्बन्धित निर्वाचन क्षेत्रमा कायम भएको मतदान केन्द्रको सङ्ख्यालाई २० प्रतिशत र सम्बन्धित निर्वाचन क्षेत्रले ओगटेको क्षेत्रफललाई २० प्रतिशत भार मानिएको आयोगले जनाएको छ । कुन निर्वाचन क्षेत्रका उम्मेदवारले कति खर्च गर्न पाउँछन् ? सूची यस्तो…

Read More

रौतहटको कटहरिया नगरपालिका अन्तर्गत वडा २ जमुनिया गाउँमा माटोको  ढिस्कोमा पुरिएर सासूको मृत्यु भएको छ भने बुहारी घाइते भएकी छिन् । हिन्दुहरुको महान पर्व दीपावली र  छठका लागि घर लिपपोत गर्न गाउँको उत्तरपट्टी माटो लिन गएकी स्थानीय धनराज चौधरीको ६५ वर्षीय श्रीमती मोहनी देवीको ढिस्कोले पुरिएर सोमबार साँझ  मृत्यु भएको हो।   माटो खन्ने क्रममा ढिस्कोले पुरिएर उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।  सासूसँगै बुहारी सुनिता कुमारी चौधरी समेत ढिस्कोले पुरिएर घाइते भएकी थिइन्। बुहारी सुनिता स्थानीय अस्पतालमा उपचार पछि खतरा मुक्त रहेको स्थानीय समाजसेवी रुपनारायण चौधरीले जानकारी दिएका छन  । मृतकको सव पोष्टमार्टमका लागि प्राथमिक स्वास्थ केन्द्र चन्द्रनिगाहपुर…

Read More

काठमाण्डौ  – काठमाण्डौ महानगरपालिका राजस्व विभागले व्यवसाय दर्ता गरेर मात्र सञ्चालन गर्न आग्रह गरेको छ । विभागले आज सूचना निकालेर काठमाण्डौ महानगरपालिका क्षेत्रभित्र व्यापार व्यवसाय सञ्चालन गर्ने कतिपय व्यवसायीहरुले दर्ता नै नगरि सञ्चालन गरेको पाइएको र कतिपयले सङ्घ सरकार र प्रदेश सरकारबाट इजाजत लिएको भए पनि नजिकको वडा कार्यालयमा दर्ता गर्न अनुरोध गरेको छ । विभागले ३० दिनभित्र वडा कार्यालयमा व्यवसाय दर्ता गर्न र महानगरको अनुगमनका क्रममा दर्ता नगरि व्यवसाय गरेको पाइएमा कारबाही गर्ने चेतावनी समेत दिएको छ । दर्ता नगरि व्यापार व्यवसाय गरेमा काठमाण्डौ महानगरपालिका राजस्व ऐन, २०७५ को दफा ३४ को उपदफा (ग) बमोजिम व्यवसाय बन्द गरी नियमअनुसार जरिबाना असुल गर्ने सूचनामा…

Read More

श्रीलङ्काले इन्धनको मूल्य घटाएको छ । विश्व बैंकले यसवर्ष अर्थतन्त्र ९ दशमलव २ प्रतिशतले खुम्चिने चेतावनी दिएपछि सङ्कटग्रस्त देश श्रीलङ्काले इन्धनको मूल्य घटाएको हो । त्यहाँको ऊर्जा मन्त्रालयले पेट्रोलको मूल्य प्रतिलिटर ४० रुपैयाँले घटाएर ३ सय ७० रुपैयाँ कायम गरेको छ । घटेको मूल्य गएरातिदेखि नै लागू भएको समाचार संस्था एएफपीले जनाएको छ । तर नियमित पेट्रोलको मूल्य गएको वर्ष सङ्कट सुरु हुनुअघिको तुलनामा अझै दोब्बर छ । डिजेलको मूल्य सन् २०२१ को डिसेम्बरको तुलनामा साढे तीन गुणा बढी छ । श्रीलङ्कामा वैदेशिक मुद्राको अभावसँगै इन्धन खरिदका लागि यस वर्षको सुरुमा उपभोक्ताले हप्तौँ लाइन बस्नुपरेको थियो । इन्धन अभावसँगै देखिएको आर्थिक…

Read More