Author: Saru Shrestha

सल्यान – सल्यान प्रहरीले जबरजस्ती करणी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । जिल्लाको बनगाड कुपिण्डे नगरपालिका-३ को अन्दाजी २० वर्षीय रेवन्त बुढाले १८ वर्षीया किशोरीलाई जबरजस्ती करणाी गरेको आरोपमा पक्राउ गरेको हो । विवाह गर्ने प्रलोभन देखाई कात्तिक १२ गते बनगाड कुपिण्डे नगरपालिका-१ माल्पेको जंगलमा रातको झन्डै साढे ११ बजे जबरजस्ती करणी गरी ज्यान मार्ने नियतले कुटपिट गरी बेहोस बनाएर भागेका बुढालाई आइतबार सल्लीबजारबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । कुटपिटबाट घाइते भई बेहोस भएकी किशोरीको नेपालगञ्जमा उपचार भइरहेको र स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । बुढालाई सल्यान जिल्ला अदालतबाट…

Read More

बुटवल – रुपन्देहीका पाँचवटा प्रतिनिधिसभा र १० वटा प्रदेशसभाका उम्मेदवार मतदाता रिझाउन टोल-टोलमा पुग्न थालेका छन् । मंसिर ४ मा हुने प्रतिनिधिसभा एवं प्रदेशसभा निर्वाचनका लागि उम्मेदवार टोल-टोलमा मतदाता भेटघाटमा व्यस्त भएका हुन् । पुराना अनुहार आफ्ना कार्यकर्ता र पहिले मतदान गरेका मतदातालाई भेटी मत दिएवापत आफूले गर्ने कामबारे प्रस्ट्याउँदै हिंडेका छन् भने नयाँ अनुहार आफू र आफ्नो योजना परिचित गराउँदै मतदाता आकर्षित गर्ने काममा जुटेका छन् । विभिन्न दलका उम्मेदवारको प्रचारप्रसारका लागि रूपन्देहीमा क्षेत्रैपिच्छे जनसम्पर्क कार्यालय विस्तार गरिएको छ । ती कार्यालयको उद्घाटन गरिसकेका उम्मेदवारहरूले आमनागरिक बोलाउने, उनीहरूबीच आफ्ना धारणा राख्ने काम गरिरहेका छन् । रूपन्देहीमा मुख्य राजनीतिक दलका पुरानै अनुहार चुनावी…

Read More

काठमाडौं -मुक्तिनाथ मन्दिरमा डिजिटल दानपत्र राखिएको छ। अहिलेसम्म मन्दिर परिसरमा चन्दाका लागि चन्दा बाकस राखिँदै आएकाे छ । मन्दिर पुगेका इच्छुक भक्तालुहरूले डिजिटल प्रविधिमार्फत दान दिने गर्छन् । आफूलाई इच्छाएअनुसार डिजिटल प्रविधिबाट त्यहाँं दान दिन सक्ने व्यवस्था गरिएको छ ।  काठमाडाैंबाट दर्शनका लागि मन्दिर पुगेका इन्जिनियर कृष्णभक्त दुवालले डिजिटल दानपत्रमार्फत पहिलो पटक दान गर्न पाउँंदा रमाइलो अनुभव भएको सुनाए । ‘फष्ट टाइम डिजिटल दानपत्रबाट दान गर्न पाउँंदा अनौठो र खुशी महसुस भयो,’ उनले भने । आधुनिकतासँंगै आधुनिक प्रविधिको प्रयोग हुन थालेकोमा उनले हर्ष प्रकट गरे । नीलगिरि हिमाल, मुक्तिनाथ हिमाल र दामोदर हिमालको काखमा अवस्थित मुक्तिनाथ मन्दिर प्राकृतिक हिसाबले एकदमै सुन्दर र…

Read More

विराटनगर – मोरङको उर्लाबारीमा १४ वर्षीय बालकको हत्या भएको छ । आइतबार राति दमक नगरपालिका-१० आमवाडीका १४ वर्षीय दियुश श्रेष्ठको हत्यामा भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार हत्यामा संलग्न रहेको आरोपमा पाँच जनालाई पक्राउ गरिएको छ । पक्राउ परेका पाँच जना १८ वर्षमुनीका किशोर छन् । पक्राउ परेकाहरूले पूर्व रिसइसवी र मेलामा मुख छाडेको निहुँमा छुरा प्रहार गरेको अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । मोरङ र झापाको सीमा भएर बग्ने मावा खोलाको उर्लाबारी नगरपालिका वडा–७ खण्डमा लागेको छठ मेलामा श्रेष्ठमाथि छुरा प्रहार भएको प्रहरीले जनाएको छ ।

Read More

धनगढी – बझाङमा ६ वर्षीया बालिका बलात्कार आरोपमा ७० वर्षीय वृद्ध पक्राउ परेका छन् । जिल्लाको छविसपाथिभेरा गाउँपालिका–२ का ७० वर्षीय धनगिरी सार्कीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पीडितहरूले गत भदौ ९ गते सार्कीले ती बालिकालाई चक्लेट, बिस्कुट दिन्छुँ भन्दै ललाई फकाई ३ पटक लगातार बलात्कार गरेको बताएका हुन् । खेतमा जाँदा बालिका सार्कीलाई देखेर डराउँदै लुकेपछि उनलाई किन डराएको भनी सोध्दा बालिकाले घटनाबारे बताएको बताइएको छ । बालिकाकी आमा माइती घर गएको मौका छोपी सार्कीले बालिकालाई आफ्नै घरमा ल्याएर करणी गरेको पीडित बालिकाको परिवारले जनाएको हो । जिल्ला प्रहरी कार्यालय बझाङले सार्कीलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको बताएको…

Read More

काठमाडौं – नेकपा एमालेले मंगलबार चुनावी घोषणापत्र सार्वजनिक गर्दै छ । आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मंगलबार एमालेले घोषणापत्र सार्वजनिक गर्न लागेको हो ।  घोषणापत्र सार्वजनिक गरिसकेपछि एमाले अध्यक्ष केपी शर्मा ओली चुनावी कार्यक्रममा सहभागी हुने तयारी गरेका छन् । विभिन्न क्षेत्रमा हुने करिब ५५ वटा सभामा उनी सहभागी हुने तयारी गरेृका छन् । कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, राप्रपासहित केही दलले घोषणापत्र सार्वजनिक गरिसकेका छन् ।

Read More

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा ६ जना कोरोना संक्रमित थपिएका छन् । सोही अवधिमा ३६ जना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८८७ नमुना परीक्षण गर्दा ६ जनामा संक्रमण पुष्टि भएको हो । आज थपिएकासँगै नेपालमा सक्रिय संक्रमितको संख्या ५२२ रहेको छ ।

Read More

काठमाडौं – नेपालमा डेंगु संक्रमणका कारण थप दुई जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप दुई डेंगु संक्रमितको ज्यान गएको हो । यससँगै नेपालमा गत साउन महिना यता ५४ जनाले डेंगुका कारण ज्यान गुमाएका छन् ।

Read More

अर्घाखाँची – अर्घाखाँची जिल्लाको प्रदेशसभा (क) मा उम्मेदवारी दिएका नेकपा एकीकृत समाजवादी अर्घाखाँचीका अध्यक्ष रामबहादुर चौहानले आफ्नो उम्मेदवारी निष्क्रिय बनेको घोषणा गरेका छन् ।  आइतबार राती सन्धिखर्कमा सत्तागठबन्धनको तर्फबाट आयोजना गरिएको पत्रकार सम्मेलनमा नेता चौहानले प्रतिगमनलाई परास्त गर्नु अनिवार्य भएकोले गठबन्धनलाई जिताउनका लागि आफूले उम्मेदवारी निष्क्रिय पारेका बताए । आफू जित्नेगरी निर्वाचनमा होमिएको भए पनि गठबन्धन हार्ने अनि प्रतिगमनले हार्ने डरका कारण आफू निर्वाचनबाट बाहिरिएको चौहानले बताए । नेता चौहानले आफू कुनै आर्थिक प्रलोभनमा नपरेको समेत जिकिर गरेका थिए । अर्घाखाँची प्रदेशसभा क मा राष्ट्रिय जनमोर्चाका नेता सागर केसी चुनावी मैदानमा छन् । माओवादी केन्द्रबाट उम्मेदवारी दिएका ठाकुर कुमार कि.क.ले…

Read More

उदयपुर – कटारी-८ स्थित ढुङ्गेमा आज आगलागी हुँदा तीन घर जलेर नष्ट भएको छन् । आगलागीबाट स्थानीय पूर्णबहादुर मगर, सन्तबहादुर मगर र यज्ञबहादुर मगरको घर पूर्ण रुपमा जलेर नष्ट भएको हो । पूर्णबहादुरको घरबाट एक्कासी आगलागी सुरु भएर अन्य दुई घरसमेत जलेर नष्ट भएको वडाध्यक्ष नविन तामाङले बताए । आगलागीबाट झण्डै ४६ लाखको क्षति भएको इलाका प्रहरी कार्यालय कटारीका प्रमुख प्रहरी नायब उपरीक्षक रविन कार्कीले बताए । आगलागीमा परी पूर्णबहादुरको अन्नपात, सुनचाँदी, पशुचौपाया गरी २५ लाख, सन्तबहादुर मगरको घर, काठपात लगायत गरी १५ लाख र यज्ञबहादुर मगरको घरसहित ६ लाख बराबरको क्षति भएको पनि प्रहरी उपरीक्षक कार्कीले बताए ।

Read More