काठमाडौं : चितवन राष्ट्रिय निकुञ्जमा गस्ती गर्न गएको नेपाली सेनाको टोलीका एक सैनिक आफ्नै साथीले हानेको गोली लागेर घाइते भएका छन् ।
गस्तीमा जाँदा भालुले कमाण्डरलाई आक्रमण गरेपछि जोगाउन गोली हान्दा भालुलाई छलेर सैनिक जवानलाई नै लागेपछि उनी घाइते भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज बिहान निकुञ्जको सौराहा क्षेत्रमा रहेको नयाँ गोरख गणबाट गएको नेपाली सेनाको टोलीका कमाण्डर हवल्दार लक्ष्मणकुमार थापालाई भालुले आक्रमण गरेको थियो ।
हवल्दार थापालाई जोगाउन उनकै टीमका सैनिकले हानेको गोली भालुलाई छेडेर अर्का सैनिक २३ वर्षका प्यूठ कुन्दन सिंहलाई लागेपछि उनी घाइते भएका छन् ।
Facebook Comments Box