Author: Saru Shrestha

काठमाडौं – चुनावी माहोल निकै तातिरहेको छ । राजनीतिक दलका नेतादेखि जनतासम्ममा उत्तिकै राजनीतिक चासो र उत्सुकता बढिरहेको छ । अन्य जिल्लाको जस्तै काठमाडौं–१ मा पनि उत्तिकै चासो बढेको देखिन्छ ।  विशेषगरी प्रतिनिधिसभा सदस्य पदका लागि कांग्रेस नेता प्रकाशमान सिंह र राप्रपाका रवीन्द्र मिश्रको प्रतिस्पर्धाले पनि यो क्षेत्र बढी चर्चामा छ । २०५१, ०६४, ०७० र २०७४ मा निर्वाचित भएका सिंहको विरासतमाथि अन्य उम्मेदवारले चुनौती दिएका छन् । २०७४ सालमा सिंहसँग पराजित भएका मिश्र यसपटक पनि प्रतिस्पर्धामा उत्रिएका छन् । यो क्षेत्रमा सिंह, मिश्रसहित ३० भन्दा बढी उम्मेदवार चुनावी मैदानमा छन् । यसपटक सिंहसँग बदला लिने मिश्रले दाबी गरिरहँदा उनीहरुलाई चुनौती…

Read More

काठमाडौं – अभिनेता दीपकराज गिरीले ६० वर्ष उमेर कटेका उम्मेदवारलाई मतदान नगर्ने घोषणा गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै अभिनेता गिरीले ६० वर्ष कटेकालाई मतदान नगर्ने बताएका हुन् । दीपक लेख्छन्, ‘सबै फूल गुलाफ हुँदैनन् । सबै स्वतन्त्र बालेन हुँदैनन् । आफ्नो भोट खेर फाल्दिन । ६० कटेकालाई हाल्दै हाल्दिन ।’

Read More

काठमाडौं – छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइएको छ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व शुक्रबारदेखि सुरु भएको हो । काठमाडौंको गौरीघाटमा छठ पूजा भव्य रुपमा मनाइएको छ । छठ पूजाका लागि अधिकांश व्रतालुहरू राति पूजा स्थानमै बस्छन् भने ग्रामीण क्षेत्रका व्रतालुहरु साँझ घर फर्कछन्, र भोलिपल्ट बिहानै घाटमा गएर उदाउँदो सूर्यलाई अर्घ्य दिने गर्छन्। यो पर्व मनाउँदा चर्मरोग निको हुने, पुत्रलाभ, आर्थिक समृद्धि तथा सुख, शान्ति प्राप्त हुने जनविश्वास छ । 

Read More

बुटवल – एमाले स्थायी समिति सदस्य एवं रुपन्देही-१ का प्रतिनिधि सभा सदस्य उम्मेदवार छविलाल विश्वकर्माले अव्यवस्थित बसोबासी र भूमिहीन सुकुम्वासीलाई जग्गाको मालिक बनाउँदै लालपुर्जा वितरण एमालेको प्राथमिकतामा रहेको बताएका छन् ।  आइतबार तिलोत्तमा १२ बर्मेलीटोल र मोहनाजोतमा निर्वाचन प्रचार कार्यालय उद्घाटन गर्दै एमाले नेता विश्वकर्माले केपी ओली नेतृत्वको एमाले सरकारले सबै प्रक्रिया पुरा गरेर जग्गा नापजाँच गर्ने बेला सरकार ढलेको र पाँच दलीय गठबन्धनले भूमि आयोग नै खारेज गरेर लालपुर्जाबाट वञ्चित गरेको स्पष्ट पारे । एमाले सचिव समेत रहेका नेता विश्वकर्माले गठबन्धन सरकारले २ सय गुणा बढी राजस्व कायम गरेर अव्यवस्थित बसोबासीलाई लालपुर्जा लिनै नसक्ने बनाएको बताउँदै जनतालाई जग्गाको मालिक…

Read More

काठमाडौं – नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइराला अस्वस्थ भएका छन् । नवलपुर १ मा सत्ता गठबन्धनका साझा उम्मेदवारसमेत रहेका कोइराला नवलपुरको अमरापुरीमा आइतबार आयोजित चुनावी कार्यक्रममा बेहोस भएका थिए । कोइरालालाई उपचारका लागि चितवनस्थित पुरानो मेडिकल कलेजमा भर्ना गरिएको उनका सहयोगी सुरज उप्रेतीले बताए । अहिले कोइरालाको अवस्था सामान्य रहेको र होस पनि फर्किसकेको बताइएको छ ।

Read More

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले छठीमाताको पूजा गरेकी छन् । गुह्येश्वरीमा तयार पारिएको छठी घाटमा पुगेर उनले छठी माताको पूजाआजामा सहभागी भएकी हुन् ।   गुह्येश्वरीमा छठीमाताको दर्शन गरेकी राष्ट्रपति भण्डारीले कमलपोखरीमा निर्माण गरिएको छठघाटमा पुगेर अस्ताउँदो सूर्यलाई अर्घ्य पनि दिएकी छन् ।   

Read More

काठमाडौं – चालु आर्थिक वर्ष २०७९/८० को पहिलो तीन महिना (साउन, भदौ र असोज) मा नेपालको वैदेशिक व्यापार घाटा साढे तीन खर्ब नाघेको छ ।  भन्सार विभागका अनुसार पछिल्लो तीन महिनामा नेपालको कुल वैदेशिक व्यापार ४ खर्ब ४२ अर्ब ८१ करोड ८४ लाख ९४ हजार रुपैयाँको रहेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा यसवर्ष वैदेशिक व्यापार १८.५४ प्रतिशतले घटेको छ । अघिल्लो आर्थिक वर्ष २०७८/७९ को पहिलो तीन महिनामा नेपालको कुल वैदेशिक व्यापार ५ खर्ब ४३ अर्ब ५६ करोड ६० लाख ५४ हजार रुपैयाँ रहेको थियो । पछिल्लो तीन महिनामा नेपालको कुल व्यापार घाटा ३ खर्ब ५९ अर्ब…

Read More

धनगढी – कैलालीमा एक युवती मृत अवस्थामा फेला परेकी छन् । जिल्लाको टीकापुर नगरपालिका ६ मिलनपुर शिबिर बस्ने ३५ वर्षीया सिता चौधरी मृत फेला परेकी हुन् ।  शुक्रबार उनी आफ्नै घर नजिक डंग्रनिया कुलोमा मृत फेला परेो प्रहरीले जनाएको छ । घटनाबारे प्रहरीले अनुसन्धान थालिएको जनाएको छ ।

Read More

धनगढी – कैलालीको गौरीगंगा नगरपालिका-१ स्थित चौमाला बजारमा आगलागी भएको छ । शनिबार साँझ चौमाला चोकमा रहेको हिमाल मोबाइल ग्यालरीमा आगलागी भएको प्रहरीले जनाएको छ । मोबाइल पसलबाट सुरु भएको आगलागी फैलिएर ४ ओटा पसल जलेर नष्ट भइसकेको इलाका प्रहरी कार्यालय चौमालाले जनाएको छ । गौरीगंगा नगरपालिकासँग दमकल नहुँदा गोदावरी नगरपालिकाबाट दमकल मगाइएको र अहिलेसम्म नपुगेको प्रहरीले जानकारी दिएको छ । प्रहरी र म्यादि प्रहरीसमेतको टोलीले स्थानीयको सहयोगमा आगो निभाउने कार्य गरिरहेको बताइएको छ । विद्युतको तार सर्ट भएर आगलागी भएको प्रहरीले जनाएको छ ।

Read More

सुर्खेत – भेरी नदीमा पौडी खेल्ने क्रममा डुबेर दुई जना बेपत्ता भएका छन् । शनिबार दिउँसो २ बजे बनभोज खान गएका दुई जना भेरीगंगा नगरपालिका-२ सत्तरीमा पर्ने भेरी नदीमा पौडी खेल्ने क्रममा बगेर बेपत्ता भएका जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ  । दैलेखको भगवतीमाई गाउँपालिका ४ घर भइ हाल वीरेन्द्रनगर नगरपालिका–३ बस्ने १९ वर्षीय छवि बुढा र वीरेन्दनगर ३ का १९ वर्षीय दिपक थापा बेपत्ता भएका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी सुरज कार्कीले बताए । बेपत्ता भएकाहरूको प्रहरीले खोजी गरिरहेको छ ।

Read More