Author: Dipak Dhamala

काठमाडौं-  ‘जिग्री ब्रो’ नामले परिचित कलाकार कुमार कट्टेलले झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिने भएका छन् । उक्त निर्वाचन क्षेत्र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको क्षेत्र समेत हो । कट्टेलले उम्मेदवारी दिने आधिकारिक घोषणा नगरेको भए पनि आफू यसको तयारीमा रहेको बताए । ‘निर्वाचन पनि आउनै लाग्यो, ढिला गर्ने समय पनि छैन,’ उनले भने, ‘अहिलेसम्म आधिकारिक निर्णय गरेको छैन । म साथीहरुसँग छलफल गर्दैछु ।’ जतिसक्दो चाँडो उक्त क्षेत्रबाट चुनाव लड्न स्वतन्त्र उम्मेदवारीको घोषणा गर्ने उनले बताए । कट्टेल पनि झापा-५ कै मतदाता हुन् । ‘म अहिलेसम्म कुनै पार्टीमा पनि आबद्ध नभएको मान्छे ।…

Read More

काठमाडौं-   सिन्धुपाल्चोकको त्रिपुरान्दरी गाउँपालिका–४ बुसुन्डोलमा खोला तर्ने क्रममा बुधबार साँझ एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय अमित थामी रहेका छन् ।  मामाघरबाट तीज मनाएर आमा र बहिनीका साथमा फर्किदै गरेका थामीको खोला तर्ने क्रममा पहिरोसँगै आएको ढुङ्गाले लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक शिव बुढाथोकीले जानकारी दिए । उनकी आमा र बहिनी भने सकुशल रहेका छन् ।  खोलामा पुल नहुँदा स्थानीले सास्ती खप्दै आएका छन् । मुलाबारीबाट पिस्कर अध्ययन गर्न आउने विद्यार्थी तथा स्थानीयलाई वर्खामा आवतजावत गर्न खोलामा जोखिम रहेको स्थानीयले बताएका छन् । 

Read More

काठमाडौं- सत्ता गठबन्धनको सिट बाँडफाँट कार्यदलको बैठक आज पनि बस्दैछ । आगमी ४ मंसिरमा हुन गइरहेको प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि सिट बाँडफाँटका लागि जारी प्रयासलाई टुंगोमा पुर्याउनका लागि कार्यदलको बैठक आज पनि बस्न लागेको हो । प्रतिनिधिसभाका १ सय ६५ तथा प्रदेशसभाका ३ सय ३० सिटका लागि सत्तारुढ दलबीच सिट बाँडफाँटका लागि प्रयास भइरहेको भए पनि तीन साता नाघिसक्दा पनि टुगोमा पुग्न सकेको छैन । हिजो साँझ बसेको गठबन्धन बैठकमा पनि सबै दल आ आफ्नो अडानमा रहेपछि सहमति जुट्न सकेको थिएन । नेपाली कांग्रेसले १ सय, नेकपा माओवादी केन्द्रले ६०, नेकपा (एकीकृत समाजवादी)ले ४०, जसपाले २०, राष्टिय जनमोर्चाले…

Read More

काठमाडौं-  प्रतिनिधि सभा अन्तर्गतको महाअभियोग सिफारिस समितिले आज पनि निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग बयान लिने भएको छ । हिजोबाट समितिले जबरासँग बयान लिन सुरु गरेको थियो ।  समितिको बैठक सिंहदरबारस्थित संसदीय समितिको सभाकक्षमा बिहान ११ बजेका लागि बोलाइएको छ । हिजोको बैठकमा जबरालाई ४३ मध्ये पाँच प्रश्न सोधिएको थियो । बाँकी प्रश्नको उनले क्रमश सामना गर्दै जानेछन् ।  हिजोको बयानमा जबराले आफूविरूद्ध लगाइएको महाभियोग निष्क्रिय भएको दाबी गरेका थिए ।  विधि–पद्धतिबाट काम गरिरहेको आफूलाई मिडिया र राजनीति दलले पूर्वाग्रह राखेको उनको दाबी थियो ।  

Read More

काठमाडौं- आगामी मंसिर ४ मा हुने निर्वाचनका लागि कैलाली निर्वाचन क्षेत्र नम्बर ५ बाट डा. आरजु राणा देउवालाई दोहोर्‍याउने निर्णय भएको छ। प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली काँग्रेसले क्षेत्र नम्बर ५ बाट प्रत्यक्षतर्फ देउवालाई उम्मेदवार बनाउने निर्णय भएको हो। बुधबार नेपाली काँग्रेस कैलाली निर्वाचन क्षेत्र नम्बर ५ ‘क’को प्रदेश समितिको बैठकले राणालाई प्रतिनिधि सभा सदस्यको लागि सर्वसम्मत रूपमा उमेदवार बनाएको हो। अघिल्लो निर्वाचनमा राणा तत्कालीन बाम गठबन्धनका उम्मेदवार नारदमुनी रानासँग ४ हजार आठ सय ८० मत अन्तरले पराजित भएकी थिइन्। विजयी रानाले २७ हजार २०२ मत प्राप्त गर्दा राणाले २२ हजार तीन सय २२ मत मात्र प्राप्त गरेकी थिइन्।…

Read More

काठमाडौं- कञ्चनपुरमा ३ किलो चरेससहित एक जना पक्राउ परेका छन्। जिल्लाको बेदकोट नगरपालिका ६ चुनेपानीबाट प्रहरीले एक जनालाई चरेससहित पक्राउ गरेको हो।  सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले बझाङ केदारस्युँ गाउँपालीका ७ बस्ने ४२ वर्षीय शेरबहादुर धामीलाई पक्राउ गरेको हो।  उनको साथबाट ३.११८ ग्राम लागूऔषध (चरेश),डिजिटल तराजु थान १, मोवाइल थान १ र नगद २९ हजार फेला पारेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

Read More

काठमाडौं- नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।   आज डलरको खरिद दर १२६ रुपैयाँ ८३ पैसा र बिक्री दर १२७ रुपैयाँ ४३ पैसा रहेको छ। युरो एकको खरिद दर १२६ रुपैयाँ ५४ पैसा र बिक्री दर १२७ रुपैयाँ १४ पैसा रहेको छ।    बेलायती पाउण्ड एकको खरिद दर १४७ रुपैयाँ ३६ पैसा र बिक्री दर १४८ रुपैयाँ ०५ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३४ रुपैयाँ ५२ पैसा र बिक्री…

Read More

काठमाडौं- हाल देशभरको मौसममा सामान्य देखि पूर्णतया बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही, कर्णाली प्रदेशका थोरै तथा सुदूरपश्चिम प्रदेशको एक-दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।  आज दिउँसो प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश,  गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरूमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।  मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। राती  प्रदेश १, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। शुक्रबार पनि प्रदेश…

Read More

दिपक धमाला काठमाण्डाै,भदौ १५- कार्यपालिका सदस्यहरुको मागप्रति गाउँपालिका अध्यक्ष बि.सीको गम्भीर ध्यानाकर्षण अछामको तुर्माखाँद गाउँपालिका अध्यक्ष डम्मर बि।सीले गाउँपालिकामा नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)बाट निर्वाचित कार्यपालिका सदस्यहरुले विभिन्न विषयमा राखेका मागप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताउनु भएको छ । उहाँले कार्यपालिका सदस्यहरूले केही दिनदेखि अछामको तुर्माखाँद निमित्त प्रमुख प्रशासकीय अधिकृतद्धारा सञ्चालन भैरहेको गाउँपालिकामा आएका प्रमुख प्रशासकीय अधिकृतलाई फिर्ता पठाउनुपर्ने,गाउँपालिकाको कार्यालय पुरानो ठाउँबाट सार्न नहुने लगाएतका विभिन्न मागप्रती आफ्नो ध्यानाकर्षण भएको सामाजिक संजालमा मार्फत जानकारी गराउनु भएको हो । अध्यक्ष डम्मर बिसीले नेपालको संविधान २०७२ र स्थानीय तह संचालन ऐन २०७४ ले परिकल्पना गरे बमोजिम स्थानीय तहमा निर्वाचित कुनैपनि सदस्य…

Read More

काठमाण्डाै – शिया धर्मगुरुले राजनीति छोड्ने घोषणा गरेपछि इराकमा भैरहेको प्रदर्शन हिंसात्मक बनेपछि अन्तर्राष्ट्रिय निकायले चासो र चिन्ता व्यक्त गरेका छन् । धर्मगुरु मुक्तादा अल–सद्रका समर्थक र सुरक्षाकर्मीबीच भएको झडपप्रति चिन्ता व्यक्त गर्दै संयुक्त राष्ट्र संघ तथा युरोपेली संघ (ईयू)ले सबै पक्षलाई संयमित हुन आग्रह गरेका छन् । ईयूले विज्ञप्ति निकालेर सबै पक्षहरूलाई थप हिंसाका घटना हुनबाट रोक्न संयमता अपनाउन आग्रह गरेको अल जजीराले जनाएको छ । संयुक्त राष्ट्रका महासचिव एन्टोनियो गुटेर्रेसले पनि सबै सम्बन्धित पक्षहरूलाई द्वन्द्वात्मक परिस्थिति कम गर्न र कुनै पनि हिंसा हुन नदिन तत्काल कदम चाल्न आग्रह गर्नुभएको छ । घटनापछि टर्कीले आफ्ना नागरिकलाई बग्दादको यात्रा नगर्न आग्रह…

Read More