दिपक धमाला
काठमाण्डाै,भदौ १५- कार्यपालिका सदस्यहरुको मागप्रति गाउँपालिका अध्यक्ष बि.सीको गम्भीर ध्यानाकर्षण अछामको तुर्माखाँद गाउँपालिका अध्यक्ष डम्मर बि।सीले गाउँपालिकामा नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)बाट निर्वाचित कार्यपालिका सदस्यहरुले विभिन्न विषयमा राखेका मागप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताउनु भएको छ ।
उहाँले कार्यपालिका सदस्यहरूले केही दिनदेखि अछामको तुर्माखाँद निमित्त प्रमुख प्रशासकीय अधिकृतद्धारा सञ्चालन भैरहेको गाउँपालिकामा आएका प्रमुख प्रशासकीय अधिकृतलाई फिर्ता पठाउनुपर्ने,गाउँपालिकाको कार्यालय पुरानो ठाउँबाट सार्न नहुने लगाएतका विभिन्न मागप्रती आफ्नो ध्यानाकर्षण भएको सामाजिक संजालमा मार्फत जानकारी गराउनु भएको हो । अध्यक्ष डम्मर बिसीले नेपालको संविधान २०७२ र स्थानीय तह संचालन ऐन २०७४ ले परिकल्पना गरे बमोजिम स्थानीय तहमा निर्वाचित कुनैपनि सदस्य सत्तापक्ष र प्रतिपक्ष न हुने कार्यपालिका सदस्यहरुलाइ स्मरण गराउनु भएको छ । काम गर्दै जाँदा समस्या आउन सक्ने हुँदा ति समस्याको समाधान वार्ता, संवाद र छलफलबाट हूने भन्दै त्यसका लागि आफू सधैँ तयार रहेको पनि उहाँको भनाई रहेको छ ।
अहिले आफू काम विषेशले बाहिर रहेको जानकारी गराउँदै समाजिक सञ्जालमा केही व्यक्तिले आफ्नो नाम जोडेर विभिन्न आरोप प्रतिआरोप र चरित्र हत्या हुने किसिमका गतिविधि गरिरहेको भन्दै त्यसप्रति पनि आफ्नो ध्यानाकर्षण भएको र त्यसको वास्तविकताबारे छिट्टै नै पत्रकार सम्मेलन मार्फत् सम्पूर्ण तुर्माखाँद बासी जनतालाई सत्य तथ्य जानकारी गराउने पनि उहाँले जानकारी गराउनुभयो छ। उहाँले लेख्नुभएको छ ‘यो सब के कारण भैरहेकोछ र त्यसमा क–कस्को के के भुमिका छ ? त्यस्को वास्तविकता के हो भन्ने सम्बन्धमा म यहाँ बाट फर्की सकेपछी पत्रकार सम्मेलन मार्फत सम्पुर्ण तुर्माखाँद बासी दाजुभाइ तथा दिदिबहिनीहरुलाई जानकारी गराउनेछु ।’
कार्यपालिका सदस्यहरुले एकलौटी अगाडि बढ्न खोजेको भन्दै लगाएको आरोपलाई खण्डन गर्दै अध्यक्ष बि।सीले आफू एउटा गरिब किसान ,तथा सामान्य घर परिवारबाट जन्मेको व्यक्ति भएको र आफुलाई यसमा कुनै हिन्नताबोध नभएको र आफूले प्राप्त गरेको जिम्मेवारी उहाँ जस्ता सबै दाजुभाई दिदिबहिनीहरुले गर्व गरिरहनु राम्रो शीत बुझेको पनि अध्यक्ष बिसीले उल्लेख गर्नुभएको छ ।
आफू गाउँपालिकाको अध्यक्ष भहिरहदा कुनै पनि व्यक्तिगत स्वार्थ र कसैको पनि व्यक्तिगत स्वार्थ पूरा हुन नदिने,राजनीतिक तथा दलगत रुपमा कसैप्रती पनि आग्रह वा पुर्वाग्रह पनि नराख्ने र समग्र तुर्माखाँद बासीहरूको हितका निम्ति सदैव काम गर्नुका साथै गाउँपालिका बासीहरुले आफू प्रती गरेको आशा अपेक्षा र भरोसा प्रर्ती सधै सचेत रहने र तुर्माखाँद बासीहरूले ५ वर्षकालागि दिएको साझा जिम्मेवारीलाई त्यही अनुरुप निर्वाह गर्ने अध्यक्ष बि.सीले प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।