बैतडी: नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपाल बैतडीको अध्यक्षमा यज्ञ भट्ट चयन भएका छन्। १० औँ जिल्ला अधिवेशनले भट्टको अध्यक्षतामा २५ सदस्यीय समिति सर्वसम्मत चयन गरेको हो।
यस्तै, भुवन कार्की उपाध्यक्ष, कर्ण कुँवर सचिव, दानसिंह धामी कोषाध्यक्ष, वसन्ती भट्ट र वीरेन्द्र महरा सहसचिवका रूपमा चयन भएका छन्।
भट्ट डिलासैनी गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष समेत हुन्। उनी तत्कालीन समयमा एमालेमा बिद्रोह गरेर स्वतन्त्र रुपमा चुनाव लड्दै निर्वाचित भएका थिए। उनी त्यसबेला पुतली चुनाव चिन्हबाट चुनाव लडेकोमा अहिले भने एमालेमै फर्किएका हुन्।
राष्ट्रिय युवा संघ बैतडीको अध्यक्षको जिम्मेवारी पाएपछि भट्टले संगठनले दिएको जिम्मेवारी इमान्दारीपूर्वक निभाउने प्रतिबद्धता जनाएका छन्।
Facebook Comments Box