Author: Dipak Dhamala

काठमाण्डाै – पहिरोका कारण अवरुद्ध मुग्लिन-नारायणगढ सडकखण्ड खुलेको छ । अघि  बिहान साढे ८ बजेदेखि सडक खुलेको प्रहरीले जनाएको छ । डोजरले पहिरो पन्छाएपछि सडक खुलेको हो । तर, पहिरोका कारण गएराति साढे २ बजेदेखि नै गाडी रोकिएकाले यो सडकमा लामो जाम छ । जिल्ला प्रहरी कार्यालय चितवनले सडक लेन अनुशासन पालना नगरे जाम झनै बढ्ने भन्दै नियम पालना गरिदिन आग्रह गरेको छ । चितवनको भरतपुर महानगरपालिका–२९ मा रहेको केराबारीमा लेदोसहितको पहिरो खस्दा गएराति साढे २ बजेदेखि यो सडक अवरुद्ध भएको थियो । गएको साउन महिनामा पनि यो क्षेत्रमा पटक–पटक पहिरो खसेर सडक अवरुद्ध भएको थियो । पानी पर्न कम भएसँगै…

Read More

काठमाडौं- सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले आगामी संघीय र प्रदेशसभाको निर्वाचन केन्द्रित अभियानलाई तीव्रता दिएको छ ।  यसै क्रममा आज पार्टीको सम्पर्क समन्वय समितिको बैठक बस्दै छ । दिउँसो १ बजे पार्टी मुख्यालय पेरिसडाँडामा बस्ने  बैठकलाई अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्ने भएका छन् ।  प्रचण्ड प्रदेश समितिहरूको बैठकमा चुनावी प्रशिक्षण दिइरहेका छन् ।  उनले  क्रमिक रुपमा कर्णाली, सुदुरपश्चिम, गण्डकी र मधेश प्रदेशमा पनि राजनीतिक प्रशिक्षण दिने कार्यक्रम तय भएको छ । 

Read More

काठमाण्डाै – मंगलबार बेलुकी तिजका अवसरमा भएको नाचगान हेर्न गएका एक युवाको सुर्खेतमा हत्या भएको छ। वीरेन्द्रनगर नगरपालिका वडा नम्बर १० मंगलबार बेलुकी नाचगान हेर्न गएका २१ वर्षीय रोशन जिसीको कुटपिटबाट हत्या भएको प्रहरीले जनाएको छ। उनी वीरेन्द्रनगर वडा नम्बर १० पठानटोलका हुन्। नाचगान हेर्न गएका युवाहरूबीच झडप भएको थियो। जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुरज कार्कीका अनुसार झडपका क्रममा घाइते भएका जिसीलाई उपचारका लागि अस्पताल पुर्‍याइएको थियो। तर चिकित्सकले मृत घोषणा गरेका थिए। घटनामा संलग्नको खोजी भइरहेको उनले बताए। जिसीलाई अस्पताल पुर्‍याउने व्यक्तिहरुलाई घटनाका बारेमा सोधपुछ भइरहेको उनले बताए।

Read More

काठमाडौं-अछामको पञ्चदेवल विनायक नगरपालिका–२ मा एक युवक मृत अवस्थामा भेटिएका छन् । मंगलबार राति करीब साढे १० बजेतिर स्थानीय २५ वर्षीय बमबहादुर धामी मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक कैलाश विष्टले बेलुका घर नफर्किएपछि खोजी गर्दा मध्यपहाडी लोकमार्ग अन्तरगत विनायक बजार नजिकै पर्ने मुख्य सडकको नालीमा धामी मृत भेटिएको जानकारी दिए । उनका अनुसार घटनाबारे विस्तृत विवरण प्राप्त भइसकेको छैन । घटनास्थल सिल गरेर अनुसन्धान भइरहेको प्रहरी निरीक्षक विष्टले जानकारी दिए ।

Read More

काठमाडौं- शीतयुद्धको शान्तिपूर्ण अन्त्य गर्ने पूर्व सोभियत नेता मिखाइल गोर्बाचेभको निधन भएको छ । सोभियत युगका अन्तिम नेता गाेर्बाचेभको ९१ वर्षको उमेरमा निधन भएको बीबीसीले जनाएको छ । सन् १९८५ देखि १९९१ सम्म सोभियत संघको सत्तामा रहेका उहाँ सोभियत युगका अन्तिम नेता मानिन्छन् । सोभियत संघको नेतृत्व गरिरहँदा गाेर्बाचेभले अभिव्यक्ति स्वतन्त्रता र पुनर्गठनमा महत्वपूर्ण योगदान पुर्याउनुभएको थियो । कम्युनिष्ट सरकारले नेतृत्व गरेको अवस्थामा त्यसबेला सरकारको आलोचना गर्न रोक थियो । लामो समयदेखि रोगसँग लडिरहेका गाेर्बाचेभको उपचारका क्रममा निधन भएको हो । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले गाेर्बाचेभको निधनप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ । त्यस्तै संयुक्त राष्ट्रका महासचिव एन्टोनियो गुटेर्रेसले गोर्बाचेभको…

Read More

काठमाण्डाै – पहिरोका कारण मुग्लिन-नारायणगढ सडकखण्ड बन्द भएको छ । चितवनको भरतपुर महानगरपालिका–२९ मा रहेको केराबारीमा लेदोसहितको पहिरो खस्दा गएराति साढे २ बजेदेखि सडक अवरुद्ध भएको हो । रातिदेखि नै पहिरोका कारण सडक ठप्प भएपछि अहिले यो सडकखण्डमा गाडीको लामो लाइन लागेको छ । पहिरो हटाउन दुई तीन घण्टा लाग्ने जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । अहिले दुई वटा डोजरको प्रयोग गरेर पहिरो पन्छाउने काम भईरहेको प्रहरीले जनाएको छ । गएको साउन महिनामा पनि यो क्षेत्रमा पटक–पटक पहिरो खसेर सडक अवरुद्ध भएको थियो । पानी पर्न कम भएसँगै पहिरो रोकिएको थियो । तर, अहिले फेरि त्यस क्षेत्रमा पानी परेसँगै पहिरो…

Read More

काठमाडौं-आईसीसी पुरुष टी-ट्वान्टी विश्वकप क्रिकेटको ट्रफी आज सार्वजनिक गरिने भएको छ । विश्व भ्रमण अन्तर्गत सोमबार नेपाल आइपुगेको ट्रफी मंगलबार सगरमाथाको आधार शिविर र गोक्यो तालमा प्रदर्शनी गरिने तालिका रहेपनि खराव मौसमका कारण प्रदर्शनी रोकिएको थियो । आज ट्रफीलाई पुन: सगरमाथा र गोक्यो पुर्याइने क्यानले जनाएको छ । अष्ट्रेलियामा आयोजना हुने विश्वकप क्रिकेटको ट्रफी सोमबार नेपाल आइपुगेको हो  ।  ट्रफी बुधबार नै भक्तपुर दरबार स्क्वायरमा बिहान ११:३० बजेबाट प्रदर्शनीमा राखिने क्यानले जानकारी दिएको छ । आजै राष्ट्रपति तथा प्रधानमन्त्री कार्यलयमा समेत ट्रफी पुर्‍याइनेछ । टी-ट्वान्टी विश्वकपको ट्रफी पहिलो पटक नेपाल ल्याइएको हो । विश्वकपको १०० दिने ट्रफी टुर अन्तर्गत ट्रफी नेपाल…

Read More

काठमाण्डाै – सत्ता गठबन्धनको  सिट बाँडफाँट कार्यदलको बैठक आज बस्दैछ । आगामी ४ मंसिरमा हुन गइरहेको प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि सिट बाँडफाँटमा सहमति जुटाउन कार्यदलको बैठक आज पनि बस्न लागेको हो ।  प्रतिनिधिसभाका १ सय ६५ तथा प्रदेशसभाका ३ सय ३० सिटका लागि सत्तारुढ दलबीच सिट बाँडफाँटका लागि प्रयास भइरहेको भए पनि तीन साता नाघिसक्दा पनि टुंगोमा पुग्न सकेको छैन ।  नेपाली कांग्रेसले १ सय, नेकपा माओवादी केन्द्रले ६०, नेकपा एकीकृत समाजवादीले ४०, जसपाले २०, राष्टिय जनमोर्चाले २ सिटमा दाबी गरेपछि कार्यदल निष्कर्षमा पुग्न सकेको छैन । यद्धपी, शिर्ष नेताहरुको बैठकबाट टुंगो लगाउने भने पनि पुनः कार्यदललाई विस्तृत प्रतिवेदन…

Read More

काठमाडौं-  नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।   आज डलरको खरिद दर १२६ रुपैयाँ ८३ पैसा र बिक्री दर १२७ रुपैयाँ ४३ पैसा रहेको छ। युरो एकको खरिद दर १२७ रुपैयाँ ३६ पैसा र बिक्री दर १२७ रुपैयाँ ९७ पैसा रहेको छ।   बेलायती पाउण्ड एकको खरिद दर १४८ रुपैयाँ ७१ पैसा र बिक्री दर १४९ रुपैयाँ ४२ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३४ रुपैयाँ ६२ पैसा र बिक्री…

Read More

काठमाडौं-  महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग आज बयान लिने भएको छ । सिफारिस समितिको बिहान ११ बजे बस्ने बैठकले सर्वोच्च अदालतका निलम्बित प्रधानन्यायाधीश जबरासँग बयान लिन लागेको हो । न्यायिक तथा संसदीय इतिहासमा पहिलो पटक प्रधानन्यायाधीशसँग बयान लिन लागेको हो । १ फागुनमा सत्तारुढ दलले महाअभियोग लगाएपछि २३ फागुनमा प्रतिनिधिसभाले महाअभियोग सिफारिस समिति गठन गरेको थियो । सोही सिफारिस समितिले पहिलो पटक बयान लिन लागेको हो ।  जबराविरुद्ध संघीय संसद् सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता भएपछि उनको पद निलम्बनमा परेको छ । सर्वोच्च अदालत बार एसोसिएसनले निलम्बित प्रधानन्यायाधीश जबराविरुद्धको महाअभियोग प्रस्तावबारे संसदीय सिफारिस समितिलाई यसअघि नै प्रमाण उपलब्ध गराएको…

Read More