Author: आशिष मल्ल

डडेलधुराका मल्ल महेन्द्रनगर पोष्ट डटकमका समाचार संयोजक हुन् । दिनेश खबरका पूर्वडेस्क सम्पादक मल्लसँग अनलाइनखबर, शिलापत्र लगायतमा काम गरेको अनुभव छ ।

डडेल्धुरा: जहाज नै नआउने भएपछि सुदूरपश्चिमको पहाडी जिल्लाका विमानस्थान बेकामे भएका छन्। अचेल बैतडीको पाटन र डोटीको दिपायल विमानस्थल स्थानीयको मनोरञ्जन गर्ने स्थल बन्दै गएको छ। जहाँ गएर उनीहरु टिकटक बनाउने गर्छन्। यति मात्रै हैन पाटन एयरपोर्टमा त बाख्रासमेत चराइन थालेको छ। यात्रु अभावले बैतडीको पाटन-धनगढी उडान एक डेढ वर्षदेखि ठप्प रहेको छ। पाटनबाट २०७८ चैत १० गते समिट एयरले अन्तिम उडान भरेको थियो। त्यसयता पाटन-धनगढी कुनै उडान हुन सकेको छैन। यात्रु अभावको कारण देखाउँदै उडान नभरेको समिट एयरले जनाएको छ। यात्रु नभएकै कारण समिट एयरले धनगढी-पाटन उडान लगभग स्थगित गरिदिएको समिट एयरका बैतडी प्रतिनिधि कृष्णदत्त भट्टले जानकारी दिए। पाटनदेखि…

Read More

डडेल्धुरा: जिनकल्लाका ५५ वर्षीय सहदेव भट्टलाई विश्वास थिएन। बाँझो खेत यस्तो हरियाली बन्ला भनेर। सोमबार उनी भेटिँदा पोलीहाउस भित्रका टमाटर टिपीरहेका थिए। ‘मैले त जुनिभरी कृषि गरे। यसरी व्यवसायिक रुपमा गर्ला भनेर कहिले सोचेन। तर मेरो इच्छा चाँही पहिलेदेखि नै हो’ लटरम्म फलेका टमाटर हेर्दै उनले भने। जिल्लाको गन्यापधुरा गाउँपालिकाको वडा नम्बर ४ रुमायलमा अहिले टनेल नै टनेल छन्। धेरैजसो स्थानीय अहिले कृषिमा लागेका छन्। सहदेवले पनि २ वर्षअघि सोही वडाको जिनकल्लामा फर्म दर्ता गरेर व्यवसायिक कृषिकर्म थालेका थिए। आफ्नो २० लाख र मुख्यमन्त्री नमुना कृषिगाँउ कार्यक्रममार्फत १० लाख गरेर जम्मा ३० लाख लगानी लागेको उनले बताए। उनले ५० रोपनी…

Read More

डडेल्धुरा: परराष्ट्रमन्त्री एनपी साउदले अहिलेको सत्ता गठबन्धन नभत्किने प्रष्ट पारेका छन्। शनिबार डडेल्धुरामा प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले बजारमा आएको हल्लाअनुसार एमालेसँग मिल्ने कुनै सम्भावना नरहेको बताएका हुन्। ‘नेपाली कांग्रेसलाई पुस १० गतेको घटना हेक्का रहेकै छ। हामीले इतिहासबाट पाठ सिक्नुपर्छ त्यसकारण अहिले एमालेसँग नेपाली कांग्रेसको संयुक्त सरकार बन्ने कुनैपनि सम्भावना रहेको छैन’ उनले भने। उनले प्रतिपक्षका मागलाई अधिकतम सम्बोधन गर्ने प्रयन्त गरेको बताए। उनले पहिलोपटक भारतसँग कुटनैतिक रुपमा कालापानी तथा लिम्पियाधुरा क्षेत्रको समस्याका बारेमा कुरा अगाडि बढाइएको समेत प्रष्ट पारे। केही समयअघि भएको प्रधानमन्त्रीको भारत भ्रमणका बेला भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले त्यो समस्या समाधानबारे सकारात्मक जबाफ…

Read More

डडेल्धुरा: कैलालीको गोदावरी नगरपालिका-४ अत्तरियामा बस्दै आएको बोहरा परिवार अहिले भावह्विल बनेको छ। परिवारले छोरी गुमाएको ६ दिन पुगेको छ। तर, उनीहरुका आँसु थामिएको छैन। कलिलै उमेरकी एक मात्रै छोरी गुमाएपछि क्यान्सर पीडितसमेत रहेका उनका बुवा भक्तबहादुरलाई के गरौं कसो गरौं भइरहेको छ। एसईई पास गरेपछि उनले छोरी अस्मीलाई अध्ययनका लागि नेपालगन्ज पठाएका थिए। उमेरले १७ मात्रै पुगेकी अस्मी त्यहाँ होस्टेलमा बस्दै आएकी थिइन्। ६ महिनादेखि अलाईट टेक्निकल कलेजमा नेत्र विज्ञान विषयमा अध्ययनरत अस्मी अहिले बितेको ६ दिन भएको छ। परिक्षा सकेर घर आएकी उनी असार ९ गते आफ्नै घरमा मृत फेला परेकी थिइन्। उनले लिएको त्यो निर्णयले बोहरा परिवार…

Read More

डडेल्धुरा: डडेल्धुरा सदरमुकामको सडक स्तरोन्नतिको प्रक्रिया तत्काल रोक्न सर्वोच्च अदालतले आदेश जारी गरेको छ। अधिवक्ता टीकाराम भट्टराई र श्वेता तिवारीको बहसपछि सोमबार सुनुवाइ गर्दै न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले दोस्रो चरणको मुआब्जा प्रक्रिया तत्काल रोक्न अन्तरिम आदेश दिएको हो। दोस्रो चरणको मुआब्जा बितरणका लागि सडक नाप्दा आफूहरुलाई अन्याय भएको भन्दै तुफानडाँडा-कीर्तिपुरवासीले निवेदन दिएका थिए। उनीहरुले नक्सा अनुसारको सडकबाट नभई हाल कायम रहेको सडकबाट नापी गर्दा आफूहरुको घरजग्गा मासिने भन्दै अदालतमा नेपाल सरकारलाई विपक्षी बनाएर रिट दायर गरेका थिए। सोही रिटमाथि सुनुवाई गर्दै सर्वोच्च अदालतले दुवै पक्षलाई यहि असार २५ गते पेशीमा उपस्थित हुन समेत आदेश दिएको छ। साथै दुवै…

Read More