Author: आशिष मल्ल

डडेलधुराका मल्ल महेन्द्रनगर पोष्ट डटकमका समाचार संयोजक हुन् । दिनेश खबरका पूर्वडेस्क सम्पादक मल्लसँग अनलाइनखबर, शिलापत्र लगायतमा काम गरेको अनुभव छ ।

काठमाडाैं : डडेल्धुराको अजयमेरु गाउँपालिकाका नरेन्द्र पन्त सदरमुकाममा रहेको डडेल्धुरा बहुमुखी क्याम्पसको स्नातकोत्तर तहमा अध्ययन गर्न आएका थिए। सोही क्याम्पसबाट स्नातक तह पास गरेका उनी दृष्टिहीन छन्। विपन्न परिवारबाट भएकाले उनी सोही क्याम्पसको किर्तिपुरस्थित छात्रवासमा बस्दै आएका थिए। तर, उक्त भवन मेडिकल कलेजलाई दिइने भएपछि पन्तलाई जिल्ला विकास समितिको पूरानो भवनमा सारिएको छ। एकदमै जीर्ण अवस्थामा रहेको उक्त स्थानमा उचित बिजुली, खानेपानी तथा शौचालयको व्यवस्थापन समेत नभएको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनका संयोजक रोशन भट्टले जानकारी दिए। ‘अहिले उहाँलाई एकदिन कटाउन मुस्किल पर्ने अवस्था छ। खानेपानी, शौचालय तथा असुरक्षित भवनमा बासस्थान दिएको छ। उहाँलाई अहिले डडेल्धुरा बहुमुखी क्याम्पसले बिचल्लीमा…

Read More

काठमाडाैं : डडेल्धुराको अमरगढी नगरपालिका–२ की १८ वर्षीया भुवनेश्वरी ऐर एक किशोरको मायाजालमा परिन्। गाउँ नजिकै बस्ने किशोर उनीभन्दा ३ वर्ष कान्छा थिए। मायामा चुर्लुम्म डुबेकी उनले ती किशोरसँग गत बैशाखमा बिहे गरेकी थिइन्। बिहे गर्दा किशोर कक्षा ८ मा पढ्थे भने किशोरी कक्षा १२ मा। तर, बिहे भने पारिवारिक मञ्जुरीविनै भागेर भएको थियो। सुरुमा उनीहरुको वैवाहिक जीवन राम्रैसँग चलेको थियो। तर, बिस्तारै उनीहरुको सम्बन्ध चिँसिदै गयो। किशोरसहित उनका परिवारले किशोरीलाई हेप्न थाले। विभिन्न यातना तथा रुखो व्यवहारका कारण भुवनेश्वरी अमरगढी–१ घर भएका पतीको घर छाडेर यही फागुन ७ गते माइत फर्केकी थिइन्। फर्कनुभन्दा पनि किशोरका परिवारले उनलाई घरनिकाला गरेको…

Read More

काठमाडाैं : कैलालीको गोदावरी नगरपालिका–९ भल्कामा गाईका कङ्काल फेला परेका छन्। लामो समयदेखि गौ–संरक्षणमा काम गर्दै आएका धनगढीका यस्पाल अवस्थीका अनुसार त्यहाँ गौशाला जस्तै बनाइएको ‘कान्जी हाउसमा’ सयभन्दा बढी गाईका कङ्काल फेला परेका हुन्। उनका अनुसार स्थानीयले आफ्नो बाली जोगाउन गाईलाई जंगलको बीचमा बनाइएको कान्जी हाउसमा लगेर बाँध्ने गरेका थिए। त्यहाँ खानापानी नपाएर तथा विभिन्न रोगका कारण ती गाई मरेको हुनसक्ने उनले बताए। ‘सूचना आएपछि म स्थलगत रुपमै हेर्न त्यहाँ पुगे। एकान्त जंगलको बीचमा रहेको त्यो ठाँउको अवस्था हेर्न नसकिने थियो। सयभन्दा बढी गाई मरेर कङ्काल मात्रै बाँकी थियो। धैरै जिँउदो गाईको अवस्था पनि नाजुक छ’ उनले भने, ‘स्थानीयले आफैं…

Read More

काठमाडौं : जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा कार्यरत मुद्दा शाखा हेर्ने प्रहरी निरीक्षक(इन्सपेक्टर) बिनु शाहीबाट यातना भोगेका प्रहरी जवानले अन्ततः निवेदन दिएका छन्। बाजुरामा कार्यरत रहेका प्रहरी जवान नरेन्द्र नाथले बिदामा महेन्द्रनगर आएको बेला शाहीबाट यातना खेप्नुपरेको र त्यसपछि राजीनामा दिन बाध्य बनाएको भन्दै खुलासा भएको थियो। आफूमाथि भएको ज्यादतीविरुद्ध प्रदेश प्रहरी कार्यालयमा पुग्दा समेत न्याय नपाएर राजीनामा दिएको बताउने उनले आज जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा इन्सपेक्टर शाहीविरुद्ध निवेदन दिएका हुन्। नाथले निवेदनमा इन्सपेक्टर बिनु शाही तथा उनको निर्देशनमा आफूमाथि भएका ज्यादतीको शिलशिलाबारे खुलाएका छन्। पुस २२ गते जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा बिदाबारे बुझ्न जाँदा आफूलाई घेरा हालेर गिरफ्तार गर्दै कुटपिट…

Read More

काठमाडौं-‘अहाय-ए सियाह ज़ंगुईदेलम नकोन खुनवाय टू राफ्टी कोजामनम चो मजनूंजमाल जमलेक जमालू जमाल कुडु…‘ यो वर्षको चर्चित बलिउड चलचित्र ‘एनिमल’ को चर्चित गीतको टुक्का हो यो । चलचित्रका खलनायक बबि देवलको इन्ट्री हुँदा बज्ने यो गीत आजभोलि हरेक पार्टी तथा उत्सवमा बज्ने गर्छ । यही गीतमा नेपाली कांग्रेसकी नेत्री आरजु राणा देउवा नाचेको भिडियो बाहिर आएको छ । पूर्व प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति पत्नीसमेत रहेकी आरजुले उक्त डान्स आफ्नो छोराको बिहेको पूर्व सन्ध्याका अवसरमा आयोजित संगीत कार्यक्रममा देखाएकी हुन् । हिजो(शुक्रबार) राति काठमाडौंंको सोल्टी होटलमा आयोजित उक्त कार्यक्रममा उनले अर्को ‘पारी त्यो डाडामा हेर घाम लाग्यो घमाइलो बोलको गीतमासमेत…

Read More

काठमाडौं : आज(शुक्रबार) कञ्चनपुरको कृष्णपुर नगरपालिकाका मेयर हेमराज ओझा लगायत प्रवक्ता एवम् वडा नम्बर १ का अध्यक्ष मोहन बस्नेतले नगरपालिकामै पत्रकार सम्मेलन गरे। उनीहरुले वडा नम्बर २ का अध्यक्ष अर्जुन सावदले लगाएका सबै आरोप निराधार भएको भन्दै सम्मेलनमार्फत खण्डन गरेका थिए। सावदले नगरपालिकाले खोलेको हेल्थ असिस्टेन्ट पदमा मेयर ओझाले आफन्त र आसेपासेलाई सिधैं नियुक्ति दिन खोजेको आरोप लगाएका थिए। उनले विधि प्रक्रिया मिचेर आवश्यक योग्यता पुगेका स्थानीय युवालाई साइड लगाएर आर्थिक गन्ध आउने गरि आफन्त र आसेपासेलाई सिधैं नियुक्ति दिन खोज्ने कार्य निन्दनीय भएको सामाजिक संजालमार्फत नै बताएका थिए। सोही आरोपमा आधारित भएर महेन्द्रनगरपोष्टले ‘कृष्णपुरमा ‘भैंसी डाक्टर’लाई निमित्त बनाएर कार्यकर्ता…

Read More

काठमाडौं–बैतडीको सुर्नया गाउँपालिका–३ बस्दै आएका तेजबहादुर चन्द एसएसलीसम्म पढे । पढाईको बीचैमा मानसिक सन्तुलन खलबलिएपछि उनको उपचार गरिएको थियो । निको भएपछि उनी भारतमा रोजगारीको लागि गएका थिए । त्यहाँबाट फर्किएका उनले विवाह समेत गरेका थिए । तर अस्ति(सोमबार) उनले पुनः पहिलेको जस्तै(मानसिक सन्तुलन गुमाएको) व्यवहार देखाउन थालेका थिए । त्यो व्यवहारले परिवार सर्तक थियो । किनभने तेजबहादुर त्यस्तो हुँदा आक्रामक हुने गरेका थिए । विगतमा उनले त्यस्तै बेला गाउँका पशुचौपायालाई आक्रमण गरेर मारेका थिए । धेरैपछि उनीमा पहिलेको जस्तै व्यवहार आएपछि परिवारले गाउँमा पनि खबर गरेका थिए । परिवारले उनलाई घरमै थुनेर राखेका थिए । तर, मंगलबार दिउँसो उनी…

Read More

डडेल्धुरा : डडेल्धुराको अमरगढी नगरपालिका–३ कोटेउडाका गोपाल दत्त पाण्डेय यहि कार्तिक ४ गते डडेल्धुरा अस्पताल पुगे। डेंगी भएपछि छोरीको उपचार गराउन उनी अस्पताल पुगेका थिए। उमेरले ४ वर्ष पुगेकी छोरीले इर्मेजेन्सी वार्डमा चेकजाँच गराउनै मानिन्। ‘मेरो छोरीले अन्य डाक्टरसँग चेकजाँच गर्न नमानेका बेला एक डाक्टरले भने एक मिनेटमै फकाइ दिनुभयो। म त्यहिनिरबाट उहाँप्रति प्रभावित भएँ’ पाण्डेयले भने। शिक्षा विकास तथा समन्वय इकाइ बाजुरामा  प्राविधिक सहायकको रुपमा कार्यरत गोपाल दत्त पाण्डेयले त्यसपछि ती डाक्टरलाई नियाले। उनको छोरी जस्तै ती डाक्टले सबै बिरामीसँग देखाउने व्यवहार एकदमै नम्र रहेको पाण्डेले पाए। उनी भन्छन्, ‘उहाँले आफ्नो घरको मान्छे जस्तै सबै बिरामीलाई व्यवहार गर्नुहुँदो रहेछ। अरु…

Read More

काठमाडौं: नेपाल, भारत र चीनसँगको त्रिदेशीय नाका तिंकरसम्म व्यापार बिस्तारका लागि अघि बढाइएको महाकाली करिडोर सडक निर्माण योजना सुस्त गतिमा अघि बढ्दै छ । महाकाली नदी किनारैकिनार कञ्चनपुर–दार्चुला जोड्ने उक्त सडक झन्डै डेढ दशकअघि सुरु भएको थियो ।  कञ्चनपुरको ब्रह्मदेवबाट डडेल्धुरा, बैतडी र दार्चुलाको तिंकरसम्म सडक खुलाउने उक्त योजनाअन्तर्गत ४१३ किलोमिटर सडक निर्माण हुँदैछ । जसमा ब्रह्मदेवदेखि उत्तर तुसरपानीसम्म ३३४ किलोमिटर सडक आयोजना र त्यहाँदेखि उत्तर तिंकरसम्म ७९ किलोमिटर नेपाली सेनाले बनाउने जिम्मा पाएको छ । भीमदत्त नगरपालिका–९ ब्रह्मदेवदेखि उत्तर कञ्चनपुरको क्षेत्रमा महाकाली करिडोरको काम सुरु भइसकेको महाकाली राजमार्गका योजना प्रमुख लक्ष्मणदत्त जोशीले जानकारी दिए । तीन वर्षअघि महाकाली करिडोरअन्तर्गत…

Read More

काठमाडौं: इजरायलबाट २५४ जना नेपाली नागरिकलाई उद्धार गरी आज बिहान नेपाल ल्याइएको छ । उनीहरूलाई नेपाल एयरलाइन्सको वाइडवडी विमानबाट नेपाल ल्याइएको हो । उनीहरूलाई लिन परराष्ट्रमन्त्री नारायणप्रकाश साउदसहित सरकारी अधिकारीहरू इजरायल गएका थिए । तर, इजरायलमा हमास समूहको आक्रमणपछि सम्पर्कविहीन बनेका बैतडीका विपीन जोशीको अत्तोपत्तो छैन । जोशी अपहरणमा परेको आशंका गरिएको छ । इजरायलबाट हवाई उद्धार गरी स्वदेश ल्याइएका नेपाली विद्यार्थीहरूका अनुसार जोशी हमास समूहको अपहरणमा परेका हुन् । तर परराष्ट्रमन्त्री एनपी साउदले भने जोशी सम्पर्कविहीन रहेको र उनको खोजी भइरहेको बताए । हमासले हानेको ग्रिनेड नेपाली विद्यार्थी विपिन जोशीले टिपेर उतै फालिदिएका थिए । १७ जना नेपाली बसेको…

Read More