Author: Nisha Shrestha

काठमाडौं – नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संविधानको कार्यान्वयनका लागि नेपाली कांग्रेसलाई मत दिन आग्रह गरेका छन् । काठमाडौं क्षेत्र नम्बर १ मा उम्मेदवार समेत रहेका सिंहले संविधानको कार्यान्वन नहुँदै संंघियता, गणतन्त्र धर्मनिरपेक्षता जस्ता परिवर्तनका विषयहरू ठिक छैन भन्दै देशलाई पुन: अस्थिरतातर्फ लैजान खोजेको भन्दै मतदातालाई सचेत रहन पनि अपिल गरे ।‘के हामी सँधै राजनीतिक अस्थिरतामा बस्ने? अब राजनीतिक स्थिरता कायम गर्दै आर्थिक समृद्धिको बाटोमा अघि बढ्ने हो ।’– सिंहले भने । राजनीति स्थिरता कायम गर्दै जनजिविका सहज बनाउने र आर्थिक समृद्धिको एजेण्डा नै अबको प्राथमकिता भएको उनले बताए । ‘कांग्रेस कमजोर हुँदा पहिलो संविधान असफल भयो । जनताले दोस्रो…

Read More

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पोखरा जाँदै छन् । ओलीले आज (सोमबार) एमाले कास्की जिल्ला निर्वाचन परिचालन कमिटीले आयोजना गर्ने कार्यकर्ता भेला र चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ। अध्यक्ष ओलीसँगै कास्की निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार मनबहादुर गुरुङ, क्षेत्र नम्बर २ का विद्या भट्टराई र क्षेत्र नम्बर ३ का दामोदर पौडेल, कार्यक्रममा सहभागी हुने बताइएको छ ।

Read More

काठमाडौँ – नेपाली बजारमा सोमबार सुन तथा चाँदीको मूल्य घटेको छ। सुनको मूल्य आज अघिल्लो दिनको तुलनामा प्रतितोला दुई सय रुपैयाँ घटेको हो। आइतबार सुन प्रतितोला १४ सय रुपैयाँ बढेको थियो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९४ हजार तीन सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९३ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार छापावाल सुन प्रतितोला ९४ हजार पाँच सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भएको थियो। त्यसैगरी, सोमबार चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला १२ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ।आइतबार चाँदी प्रतितोला १२ सय ७५ रुपैयाँमा कारोबार…

Read More

कञ्चनपुर – कञ्चनपुरका लोकतान्त्रिक बाम गठबन्धनका साझा उम्मेदवारले अव्यवस्थित बसोबासीको दिगो समस्या समाधानका लागि प्रतिबद्धता व्यक्त गरेका छन् । संयुक्तरुपमा घोषणापत्र जारी गर्दै अव्यवस्थित बसोबासीको चलन भोगमा रहेको जग्गाको यथाशीध्र जग्गाधनी प्रमाण पुर्जा उपलब्ध गराउनका लागि कार्य अगाडि बढाइने जनाइएको छ । पाँच प्रतिशतभन्दा कम राजस्वको व्यवस्था गरी जग्गाधनी प्रमाणपुर्जा उपलब्ध गराउने जारी गरिएको घोषणापत्रमा उल्लेख गरिएको छ । “पुर्खौंदेखि स्वामित्वको जग्गा नभएका सुकुम्बासी परिवारलाई एकीकृत आवासको व्यवस्था गर्ने, कुनै पनि परिवारलाई उठिबास वा विस्थापनमा पार्ने कार्यको अन्त्य गर्ने गरिने छ”, घोषणा पत्र जारी गर्दै प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ का उम्मेदवार नारायणप्रकाश साउदले भने, “बसोबासको विकल्प नहुँदा सडक सीमा…

Read More

महोत्तरी – लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुरले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा विभिन्न पार्टीसँग गठबन्धन गर्नु आफ्नो पार्टीको बाध्यता रहेको स्पष्ट पारेका छन् । महोत्तरी सदरमुकाम जलेश्वरमा आइतबार आसन्न प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचन घोषणापत्रको सार्वजनिक गर्दै उनले मधेसी जनतालाई थप अधिकार सम्पन्न बनाउनका लागि विभिन्न ठूला दलसँग निर्वाचनमा सहकार्य गरेको बताए । अध्यक्ष ठाकुरले मधेस आन्दोलनका क्रममा उठेमा आवाजलाई पूरा गर्न र मधेसलार्ई न्याय दिलाउनका लागि लोसपाले गठबन्धन गर्नुपरेको हो भने । उनले भने,’ जेलमा रहेका साथीहरुलाई निकाल्नुपर्ने छ, झुठा राजनीतिक मुद्दा खारेज गराउनुपर्ने छ, नागरिकता र संविधान संशोधनको मुद्दा सम्बोधन गराउनुपर्ने छ ।…

Read More

काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारी आज आइसल्याण्ड भ्रमणमा जाँदै छिन् । १७ जना प्रतिनिधिमण्डलको टोलीसहित उनी आज साँझ ६ बजे आइसल्याण्ड प्रस्थान गर्ने प्रेस सल्लाहकार टिका ढकालले जानकारी दिए। महिला राजनीतिज्ञको विश्वव्यापी सञ्जाल ‘वुमन पोलिटिकल लिडर्स (डब्लुपीएल) कार्यक्रममा सहभागी हुन राष्ट्रपति भण्डारी त्यसतर्फ जान लागेकी हुन्। त्यहाँ राष्ट्रपतिले कार्तिक २३ गते डब्लुपीएल कार्यक्रममा किनोट स्पीच प्रस्तुत गर्ने कार्यसूची रहेको ढकालले बताए। सोही दिन साँझ राष्ट्रपति भण्डारीले ‘वुमन पोलिटिकल ट्रेलब्लेजर अवार्ड’ समेत ग्रहण गर्ने कार्यक्रम रहेको छ। सो अवार्ड यही वर्षको सुरुवातमा घोषणा भएको थियो। उक्त कार्यक्रममा पनि राष्ट्रपतिले छोटो मन्तव्य दिने कार्यक्रम रहेको छ। राष्ट्रपति भण्डारी कतार एयरवेजको जहाजमार्फत…

Read More

      सुर्खेत – सुर्खेतमा निर्वाचनका लागि कायम रहेका २० मतदानस्थललाई अति संवेदनशीलको सूचीमा राखिएको छ । जिल्ला सुरक्षा समितिका अनुसार जिल्लाका एक सय ३९ मतदान स्थल रहेका छन् । समितिका अनुसार ८६ संवेदनशील र ३३ कम संवेदनशील छन् । यसअनुसार निर्वाचन क्षेत्र नं १ मा कायम रहेका ७२ मतदानस्थलमध्ये नौ अति संवेदनशील, ६० वटा संवेदनशील र तीन कम संवेदनशील छन् । त्यस्तै निर्वाचन क्षेत्र नं २ मा ६७ मतदानस्थलमध्ये ११ अति संवेदनशील, २६ संवेदनशील र ३० कम संवेदनशील रहेको जिल्ला सुरक्षा समितिका संयोजकसमेत रहेका सुर्खेतका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए । सुरक्षा समितिले…

Read More

काठमाडौँ – नेपालमा हाल पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । हाल देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने आकलन गरिएको छ । प्रदेश १, बागमती र गण्डकीका पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । राति देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । मंगलबार देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ । पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

Read More

दार्चुला – मंसिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्यहरुको निर्वाचनलाई लक्षित गरी दार्चुलामा मदिरा बिक्री वितरण तथा सेवनमा रोक लगाइएको छ । निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भएरहित एवम् शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न जिल्लामा मदिरा ओसारपसारदेखि सेवनमा समेत पूर्णरुपमा निषेध गरिएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जानकारी दिनु भएको छ । आइतबार जिल्ला प्रशासन कार्यालय दार्चुलाका साहयक प्रमुख जिल्ला अधिकारी हेमन्ती साउदले जारी गरेको सूचनामा मदिरा ओसारपसार, बिक्री बितरण र सेवन निषेध गरिएको छ । “दार्चुला जिल्लाको सम्पूर्ण सुरक्षालाई दृष्टिगत गर्दै २०७९ कात्तिक २० गते राति १२ बजेदेखि पहिलो हुने निर्वाचित प्रणाली बमोजिम अन्तिम परिणाम घोषणा नभएसम्म मदिराको ओसारपसार,…

Read More

काठमाडौँ- निर्वाचनका बेला कञ्चनपुरको दक्षिणी क्षेत्र जोडने कलुवापुर बेलौरी राजमार्ग निकै चर्चामा आउने गरेको छ । निर्वाचन प्रचारप्रसारमा राजमार्ग कालोपत्र गर्ने कार्यलाई टुङ्गोमा पुर्‍यायाएरै छोड्ने निर्वाचनमा राजनीतिक दलका उम्मेदवारले प्रतिबद्धता व्यक्त गर्छन् । तर, निर्वाचन सकिएपछि राजमार्ग कालोपत्र गर्ने कार्य सबैले बिर्सने गरेका छन् । राजमार्ग स्तरोन्नती गरी कालोपत्र गर्नका लागि ठेक्का सम्झौता भएको सात वर्ष बित्नै लागेपनि अधुरोनै रहेको छ । राजमार्गको केही भाग कालोपत्र गरिए पनि सडक पूरै कालोपत्र हुनसकेको छैन । “सडक निर्माणका लागि पटक–पटक निर्माण कम्पनीको म्याद थप्ने कार्य मात्रै हुँदै आएको छ”, स्थानीय कालुराम चौधरीले भने, “सडक कालोपत्रको कार्य पूरा हुन सकेको छैन ।” विगतमा निर्वाचनका…

Read More