Author: Nisha Shrestha

काठमाडौँ – आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको प्रचारप्रसारका क्रममा जुलुस, आमसभा र कोणसभा गर्न पाउने चरण आजदेखि सुरु भएसँगै निर्वाचन आयोगले दल र उम्मेदवारको खर्चको अनुगमन प्रारम्भ गरेको छ। आचारसंहिता बमोजिम निर्वाचन प्रचारप्रसारका लागि आमसभा, कोणसभा गर्दा मञ्चको तयारीको लागि लागेको खर्चको विवरण सम्बन्धित उम्मेदवारले आफैँ वा प्रतिनिधिमार्फत मतदान सम्पन्न भएको १५ दिनभित्र निर्वाचन कार्यालयमा पेस गर्नुपर्ने व्यवस्था रहेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए। सोका अतिरिक्त आयोगबाट केन्द्रस्तरको अनुगमन टोली खटिनेछन्। आयोगले उम्मेदवार तथा राजनीतिक दलले निर्वाचन आचारसंहिता, २०७९ को पालनसहित तोकेको (हद) सीमाभित्र रही खर्च गरे/नगरेको निगरानी गरी आचारसंहिताको दफा ४२ बमोजिम आयोगमा…

Read More

न्युयोर्क- अमेरिकी राष्ट्रपति जो वाइडेनले अमेरिकीहरू ‘राजनीतिक हिंसा र मतदातामाथिको धम्की’को विरोधमा एकजुट हुनुपर्ने बताएका छन्। राष्ट्रपति वाइडेनले अर्को हप्ताको मध्यावधि चुनावअघि रिपब्लिकन चरमपन्थी गतिविधि वृद्धि हुने चेतावनी दिएका हुन्। ‘हामीले राजनीतिक हिंसा र मतदाता धम्कीविरुद्ध भारी आवाज उठाउनुपर्दछ’, वाइडेनले एक टेलिभिजन भाषणमा भनेका छन्। अमेरिकामा ८ नोभेम्बर मध्यावधि निर्वाचन हुँदैछ।

Read More

विराटनगर – नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं मोरङ निर्वाचन क्षेत्र नं ६ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार डा. शेखर कोइरालाले मुलुकमा सुशासन कायम गरी समृद्ध नेपाल निर्माणका लागि गठबन्धन दललाई विजयी गराउन आग्रह गरे । विराटनगर महानगरपालिका-४ स्थित राजवंशी चोकमा आज आयोजित कोणसभामा उनले कांग्रेस भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्न अत्यन्त गम्भीर रहेको र यसमा कुनै किसिमको शङ्का नगर्न आग्रह गरे। नेता कोइरालाले विराटनगरलाई व्यवस्थित सहर निर्माण गर्ने जिम्मा गठबन्धनले लिएको उल्लेख गरे । नगर भएर बग्ने दुई खोला केशलिया र सिंघियामा तटबन्ध निर्माण गरी व्यवस्थित र रमणीय बनाउनेतर्फ आफ्नो प्रयास रहने उनले धारणा राखे ।  केशलिया खोलामा…

Read More

काठमाडौँ – नेपाली काँग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा चुनावी प्रचारका लागि आफ्नो गृह जिल्ला डडेलधुरा जाँदै छन्। बुधबार कैलालीको धनगढी पुगेका देउवा आज त्यहाँबाट डडेलधुरा जाने कार्यक्रम छ। देउवा मंसिर ४ मा हुने चुनावका लागि सत्ता गठबन्धनका तर्फबाट डडेल्धुरामा उम्मेदवार छन्। डडेल्धुरामा एउटा मात्रै प्रतिनिधि सभा क्षेत्र छ। देउवा २०४८ सालदेखि डडेलधुराबाट लगातार चुनाव जित्दै आइरहेका छन्। प्रधानमन्त्रीसमेत रहेका सभापति देउवाले आज मध्यान्ह १२:३० बजे अमरगढी नगरपालिकास्थित बसपार्कमा हुने आमसभालाई सम्बोधन गर्ने कार्यक्रम छ। यस्तो कात्तिक १८ गते बिहान ११:३० बजे नवदुर्गा गाउँपालिका बेलापुर खुनी, कात्तिक १८ मै दिउँसो २स्१५ बजे गन्यापधुरा गाउँपालिका बडालमा चुनावी आमसभालाई सम्बोधन गर्ने कार्यक्रम…

Read More

काठमाडौँ – हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशका पहाडी भू-भागहरूमा आंशिक बदली रही बाँकी प्रदेशहरूमा मौसम सामान्यतः सफा रहेको छ। आज दिउँसो प्रदेश एक, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । यी प्रदेशमा राति पनि हल्का वर्षाको सम्भावना रहेको छ । भोलि पनि देशका पहाडी भू-भागहरूमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतः सफा रहने महाशाखाले जनाएको छ । भोलि देशको पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

Read More

काठमाडौँ – प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मतगणना स्थलमा तारजाली नलगाइने बताएका छन्। विगतका चुनावमा मतपत्र चपाउनेजस्ता घटना भएपछि मतपत्र सुरक्षाका लागि भन्दै मतगणना स्थलमा तारजाली लगाइँदै आएको थियो। मतपत्रको सुरक्षा र गणनास्थलको सुरक्षाका लागि सिसीक्यामेरा भने राख्ने आयोगको भनाइ छ। आज निर्वाचन आयोगमा आयोजित पत्रकार सम्मेलनमा थपलियाले भने, ‘तारजाली लगाएर छेकेर मतगणना सुरक्षित हुन्छ भन्नेबाट माथि उठ्नुपर्‍यो। लोकतन्त्रमा सुहाउने काम गर्नुपर्छ। सुरक्षाका अन्य विधि हामी अवलम्बन गर्छौँ।’ उनले मतगणना स्थलमा सिसी क्यामेरा जडानका लागि आयोगसँग बजेट नभएको बताए। १६५ वटा निर्वाचन क्षेत्रको मतगणना गर्ने स्थानहरूमा सम्बन्धित स्थानीय तहकै समन्वयमा त्यहाँ नै उपलब्ध सिसी टिभी जडान गर्ने व्यवस्था मिलाइने उनले…

Read More

काठमाडौं – किशोरी बलात्कारको अभियोगमा प्रहरीको नियन्त्रणमा रहेर अदालती प्रक्रियामा रहेका क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज सात जनाले बहस गरेका छन् । लामिछाने र पीडित किशोरीको तर्फबाट सातजना अधिवक्ताहरुले बहस गरेका हुन् । लामिछानेको थुनछेक बहस अझै जारी रहेको छ । सरकारी कार्यालयले लामिछानेविरुद्ध जबरजस्ती करणीको मुद्दा सोमबार दर्ता गरेको थियो । लामिछानेविरुद्ध एक किशोरीले आफूमाथि होटलमा जबरजस्ती करणी गरेको भन्दै जाहेरी दिएकी थिइन् ।

Read More

काठमाडौं– निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन बिथोलिने गतिविधि हुन नदिने विषयमा आयोग सचेत रहेको जानकारी दिएका छन् । आयोग कार्यालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा प्रमुख आयुक्त थपलियाले निर्वाचन बिथोलिने गतिविधि हुन नदिने गरी सचेतका साथ काम भएको बताए । आयोगले कुनै पनि प्रश्न नउठ्ने गरी काम गरेको दाबी गरेका उनले निर्वाचन आचारसंहिता परिपालनामा सबैमा जोड दिए ।

Read More

काठमाडौं– डेंगु सङ्क्रमणका कारण पत्रकार चाँदनी अधिकारीको निधन भएको छ । लमजुङको रेडियो भोटेवडारमा कार्यरत अधिकारी डेंगु सक्रमित भई १५ कात्तिकमा लमजुङस्थित मोडल अस्पतालमा भर्ना गरिएको थियो । उनलाई थप उपचारका लागि बुधबार बिहान चितवन मेडिकल कलेज (न्यू सिएमसी) पुर्‍याइएकाेमा उपचारकै क्रममा ६ः३० बजे निधन भएको नेपाल पत्रकार महासंघले जनाएको छ । महासंघका महासचिव रोशन पुरीले जारी गरेको विज्ञप्तिमा डेंगुका कारण अधिकारीको निधन भएकोमा महासंघ स्तब्ध भएको उल्लेख गरेका छन् । अधिकारीको निधनले नेपाली पत्रकारिता क्षेत्रले एक जुझारु र ऊर्जावान् युवा पत्रकार गुमाएको उनको भनाइ छ । महासचिव पुरीले दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै परिवारजनमा समवेदना प्रकट गरेका छन् । यश अघि पनि पत्रकार टेक रानाको मृत्यु डेंगु संक्रमणबाट भएको थियो ।

Read More

हेटौँडा – नेकपा एकीकृत समाजवादीका स्थायी कमिटी सदस्य एवम् गठबन्धनको तर्फबाट मकवानपुर-२ का उम्मेदवार विरोध खतिवडाले आफू र माधव नेपाललाई हराउन केपी शर्मा ओलीले १० करोड दिएर मान्छे खटाएको दाबी गरेका छन् । मकवानपुरको हेटौँडामा भएको कार्यक्रममा बोल्दै खतिवडाले आफूलाई हराउन केही व्यक्तिहरू केपी ओलीले पठाएको पैसा बोकेर परिचालन भएको सूचना आफूले पाएको बताए । ‘विरोध र माधवलाई जसरी पनि यो चुनावबाट हराउनुपर्छ भनेर केही मान्छे लागिपरेको सुनेको छु ।’, खतिवडाले भने, ‘एमालेका अध्यक्ष केपी ओलीबाट दश करोड रुपैंया बुझेर केही मान्छे मलाई हराउन लागेका छन् अरे ।’ खतिवडाले आफूलाई हराउने एमाले अध्यक्ष ओली जति पनि खर्च गर्न तयार छन्…

Read More