महेन्द्रनगर : कञ्चनपुरमा सशस्त्र प्रहरी बलले अवैध ढंगले ल्याइएका ८८ लाख रुपैयाँ बराबरका सामान नियन्त्रणमा लिएको छ ।
सशस्त्र प्रहरी बल नंं ३५ गणका अनुसार गत फागुनपछि भन्सार छली ल्याइएको खाद्य तथा दैनिक उपभोग्य तथा अन्य सामग्री गरी ७७ लाख ५१ हजार ३४६ मूल्य बराबरको सामान बरामद गरी कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीमा बुझाएको छ।
दुई महिनाको अवधिमा भारतबाट अवैध रूपमा ल्याइएको २६ लाख ९७ हजार बराबरको किराना सामान, १६ लाख ५२ हजारको कपडा, १३ लाख ३८ हजारको हार्डवेयर सामग्री र २० लाख ६३ हजारको अन्य अवैध सामग्री बरामद गरी नियन्त्रणमा लिइएको हो ।
त्यसैगरी भारतबाट ल्याइएका चार सय किलोग्राम कुखुरा र १८७ किलोग्राम माछा बरामद गरी नष्ट गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।
Facebook Comments Box