Author: Nisha Shrestha

काठमाडौँ – नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपालमा अहिले प्रतिभा र श्रम शक्तिको पलायन द्रुत गतिमा भइरहेकोप्रति दुख व्यक्त गरेका छन्। उनले सबैलाई आफ्नै गाउँमा बसौँ बसौँ लाग्ने वातावरण बनाउनका लागि राजनीतिमा लागेको बताए। उनले एक भिडियो सन्देश जारी गर्दै भनेका छन्, ‘नेपालमा अहिले प्रतिभा र श्रम शक्तिको पलायन द्रुत गतिमा भइरहेको छ। हाम्रा गाउँहरू रित्तिइरहेका छन्। हामीले हरेक गाउँमा मोटर, बिजुली, खानेपानी पुर्‍यायौँ त्यहाँ स्कुल र स्वास्थ्य चौकी बनायौँ। सबै सुविधा गाउँमा पुर्‍याए पनि गाउँ रित्तिन रोकिएको छैन।’ अहिले देशको सबैभन्दा ठुलो समस्या र चुनौती भनेकै युवा जनशक्तिलाई गाउँमा बस्ने वातावरण बनाउनु भएको औँल्याए। ‘गाउँमा बसौँ बसौँ लाग्ने…

Read More

काठमाडौँ – गस्तीमा जाँदा धादिङको सल्यानटारमा भीरबाट खसेर घाइते भएकी एक म्यादी प्रहरीको उपचारका क्रममा ज्यान गएको छ । धादिङको त्रिपुरा सुन्दरी गाउँपालिका वडा नम्बर १ सल्यानटार घर भएकी २१ बर्षिया भवानी खकुराल मंगलबार गस्ती जानेक्रममा भीरबाट खसेर घाइते भएकी थिइन् । घाइते खकुरालको सल्यानटारस्थित प्राथमिक स्वास्थ्य केन्द्र अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो । खकुराल म्यादी प्रहरीमा छनौट भएपछि उनलाई त्रिपुरा सुन्दरी गाउँपालिकाको सल्यानटारस्थित इलाका प्रहरी कार्यालयमा खटाइएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

Read More

काठमाडौं– प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासँग नेपालका लागि जापानी राजदूत युताका किकुताले भेटवार्ता गरेका छन् । निर्वाचन आयोगमा बुधबार भएको उक्त शिष्टाचार भेटमा नेपाल र जापानको निर्वाचन प्रणाली, दुई देशको निर्वाचनसम्बन्धी अनुभव आदानप्रदान र सहकार्य सम्बन्धमा छलफल भएको छ । प्रमुख निर्वाचन आयुक्तले मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको अवलोकन गर्नसमेत राजदूतलाई आग्रह गरेका छन् ।

Read More

काठमाडौँ – निर्वाचन आयोगले उम्मेदवारी दर्ताका समयमा बाजा बजाएको विषयमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दिएको स्पष्टीकरण चित्तबुझ्दो नभएको बताएको छ । २३ असोजमा प्रचण्ड गोरखा क्षेत्र नम्बर २ मा पुग्दा बाजागाजा समेत गरिएको थियो । यसबारे आयोगले सोधेको स्पष्टीकरणमा प्रचण्डले कसले बजायो भन्ने थाहै नभएको जवाफ दिएका थिए । तर आयोगले यो स्पष्टीकरण चित्तबुझ्दो नभएको ठहर गर्दै त्यसमा कोको व्यक्ति थिए ? प्रचण्डले लगेका हुन् वा होइनन् भनेर खोजबिन गर्न मुख्य निर्वाचन अधिकृत र प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएको छ ।

Read More

काठमाडौँ – त्रिभुवन विश्वविद्यालयले चुनावको समयमा एक हप्ता बिदा दिने तयारी गरेको छ । जाडोको बिदामा समायोजन गर्ने गरी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा सदस्य चुनावमा बिदा दिने सुझाव आएकोले त्यसै गरी बिदा दिने तयारी भइरहेको बताइएको छ । चुनावका बेला विद्यार्थीहरू पनि मतदान गर्न जाने भएकोले र कतिपय क्याम्पसहरूमा मतदान केन्द्रहरू परेको भएकोले एक हप्ता बिदा दिने तयारी रहेको बताइएको छ । बिदा कहिलेदेखि कहिलेसम्म दिने भन्ने निर्णय भई नसके पनि मंसिर १ देखि ६ सम्म बिदा हुने सम्भावना रहेको छ ।

Read More

बुटवल – नेपाली काँग्रेसका प्रवक्ता प्रकाशशरण महतले अब चुनावपछि बन्ने सरकारको प्रधानमन्त्री शेरबहादुर देउवा नै हुने दाबी गरेका छन् । उनले सत्ता गठबन्धन दलमा सबैभन्दा ठुलो दल काँग्रेस भएको हिसाबले अबको प्रधानमन्त्री काँग्रेस सभापति देउवा नै बन्नेमा कसैले रोक्न नसक्ने जिकिर गरे । रिपोर्टर्स क्लब लुम्बिनीले बुधबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता महतले काँग्रेसभित्र पनि देउवा प्रधानमन्त्री बन्ने कुरामा सर्वसम्मत निर्णय हुने दाबी गरे । ‘गठबन्धन दलबाट जोसुकै नेता अघि सरे पनि जनमत बढी भएको दलको हिसाबले अबको प्रधानमन्त्री शेरबहादुर नै बन्नुहुनेछ,’ उनले भने, ‘काँग्रेसभित्र पनि उहाँलाई प्रधानमन्त्री बन्नबाट कसैले रोक्न सक्दैन ।’ नेता महतले अहिलेको निर्वाचनमा लोकतन्त्र एवं…

Read More

काठमाडौँ – १७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोपमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेको थुनछेक बहस सुरू भएको छ। काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा थुनछेक बहस सुरू भएको अदालतका सूचना अधिकारी दीपक दाहालले जानकारी दिए। मंगलबार उक्त इजलासले लामिछानेको बयान लिएको थियो। सुरूमा सरकारी वकिलले पीडितको पक्षबाट र त्यसपछि सन्दीपका वकिलहरूले बहस गर्नेछन्। सरकारी वकिलको कार्यालयले सन्दीप लामिछानेविरूद्धको मुद्दा सोमबार अदालतमा दर्ता गरेको थियो। प्रहरीले कात्तिक ४ गते नै उनीविरूद्धको अनुसन्धान सकेर प्रतिवेदन कार्यालयमा बुझाएको थियो। तर तिहार बिदा सुरू हुँदा अदालतमा मुद्दा दर्ता हुन सकेको थिएन। सन्दीपविरूद्ध १७ वर्षीया किशोरीले जबरजस्ती करणी गरेको जाहेरीका आधारमा प्रहरीले अनुसन्धान गरेको…

Read More

काठमाडौं– निर्वाचन आयोगले नेकपा (माओवादी केन्द्र) को तर्फबाट प्रतिनिधि सभा सदस्य निर्वाचन कञ्चनपुर क्षेत्र नं.१ मा उम्मेदवारी दिएकी बिना मगरलाई चौबीस घण्टे स्पष्टीकरण सोधेको छ । मगरलाई २५ जनाभन्दा बढी साथमा लिई घरदैलो कार्यक्रम गरेको सम्बन्धमा स्पष्टीकरण सोधिएको आयोगले जनाएको छ । मगरले निर्वाचन क्षेत्र अन्तर्गतको बेलौरी नगरपालिकामा निर्वाचन आचारसंहिता विपरीत हुनेगरी २५ जनाभन्दा बढी साथमा लिई घरदैलो कार्यक्रम गरेको र उक्त विषय आफ्नै फेसबुक पेजबाट समेत सार्वजनिक भएको विषयमा उजुरी परेकाले स्पष्टीकरण सोधिएको हो । निर्वाचन आचारसंहिता, २०७९ को दफा १३ मा राजनीतिक दल, उम्मेदवार, दलको भातृ संगठन तथा सम्बन्धित व्यक्तिले पालना गर्नुपर्ने आचरण अन्तर्गत खण्ड (ख) मा ‘स्थानीय प्रशासनको अनुमति नलिई सार्वजनिक स्थलमा कुनै किसिमको जुलुस, आमसभा, कोणसभा वा…

Read More

काठमाडौं – नेपाली बजारमा बुधवार सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढेको छ । छापावाल सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढेर ९३ हजार ६ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । त्यस्तै, आज तेजाबी सुनको मूल्य पनि तोलामा ५ सय रुपैयाँले नै बढेर ९३ हजार १ सय रुपैयाँ पुगेको महासङ्घले जनाएको छ । यस्तै, चाँदीको मूल्य १० रुपैयाँले बढेर प्रतितोला १ हजार २२५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Read More

काठमाडौँ – नेपाल सरकार वा प्रदेश सरकारको मन्त्री वा स्थानीय कार्यपालिकाका पदाधिकारीले त्यसरी निर्वाचन प्रचारप्रसारमा संलग्न हुँदा सरकारी स्रोत र साधनको प्रयोग गर्न निर्वाचन (पहिलो संशोधन) आचारसंहिता, २०७९ ले रोक लगाएको छ । आगामी मङ्सिर ४ गते सम्पन्न हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र विश्वसनीय ढङ्गले सम्पन्न गराउन निर्वाचन आयोगबाट जारी आचारसंहिताको दफा ५ को खण्ड (क) ले नेपाल सरकार, प्रदेश सरकार तथा नेपाल सरकार वा प्रदेश सरकारका मन्त्री र स्थानीय कार्यपालिका तथा सोका पदाधिकारीले निर्वाचन प्रचारप्रसारका क्रममा पालना गर्नुपर्ने आचरणको व्यवस्था गरेको छ । संशोधित आचारसंहिता बमोजिम निर्वाचनमा आफै उम्मेदवार भएका मन्त्रीले आफू उम्मेदवार…

Read More