काठमाडौं – नेपाली बजारमा बुधवार सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढेको छ ।
छापावाल सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढेर ९३ हजार ६ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
त्यस्तै, आज तेजाबी सुनको मूल्य पनि तोलामा ५ सय रुपैयाँले नै बढेर ९३ हजार १ सय रुपैयाँ पुगेको महासङ्घले जनाएको छ ।
यस्तै, चाँदीको मूल्य १० रुपैयाँले बढेर प्रतितोला १ हजार २२५ रुपैयाँमा कारोबार भइरहेको छ ।
Facebook Comments Box