Author: Nisha Shrestha

काठमाडौं – डडेल्धुरामा नेपाली कांग्रेसको वडा समितिले आसन्न प्रतिनिधि र प्रदेश सभा निर्वाचन बहिष्कार गर्ने निर्णय गरेको छ। भागेश्वर गाउँपालिका-५ को समितिले चुनाव बहिष्कार गर्ने निर्णय गरेको हो । कुनै पनि उम्मेदवारलाई भोट नदिने निर्णय बहुमतले गरिएको वडा सभापति जंगबहादुर थापामगरले जानकारी दिए । ‘मंसिर ४ गते हुन गइरहेको प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा वडा कमिटीले समग्र वडाको विकासका लागि राखेका मागहरू विश्वासिलो रूपमा पूरा हुने आधार नदेखिएको अवस्थामा चुनाव बहिष्कार गर्ने र कुनै पनि उमेदवारलाई भोट नदिने निर्णय बहुमतबाट पारित गरिएको जानकारी गराइन्छ, साथै यदि माग सम्बोधनका लागि वार्ता गर्ने अवस्था आएमा जिल्लास्तरका कुनै पनि कांग्रेसका नेताहरूसँग वार्ता नगरी…

Read More

गोरखा – मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि गोरखा क्षेत्र नम्बर २ का उम्मेदवार रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् । शनिवार उनले ८ पृष्ठको प्रतिबद्धता पत्र सार्वजनिक गर्दै गोरखाको विकासका योजनाहरु सार्वजनिक गरेका छन् । गेम चेन्जर (गुणात्मक) योजनाहरु र नियमित गरी दुई भागमा वर्गीकरण गरेर उनले योजनाहरु सार्वजनिक गरेका हुन् । गोरखा समृद्धिको मार्गचित्र नाम दिइएको प्रतिबद्धता पत्रमा गेम चेन्जर योजनाहरू अन्तर्गत संविधानमा भएको व्यवस्था अनुसार जिल्लाको चुमनुब्री गाउँपालिका र धार्चे गाउँपालिकाको निश्चित भूभागलाई विशेष वा स्वायत्त वा संरक्षित क्षेत्र घोषणा गर्न पहल गर्ने, बहुउद्देश्यीय राष्ट्रिय गौरवको…

Read More

विराटनगर – प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जनताको बलिदानबाट प्राप्त संविधान रक्षा गर्न गठबन्धन बनेको बताएका छन् । विराटनगरमा आज आयोजित वाम–लोकतान्त्रिक गठबन्धनको संयुक्त भेलालाई सम्बोधन गर्दै उनले सबै वर्ग र क्षेत्रको अधिकार सुनिश्चित गर्ने समावेशी संविधानको रक्षाका लागि गठबन्धन निर्माण भएको प्रष्ट पारे । प्रधानमन्त्री देउवाले आशन्न निर्वाचनपछि गठबन्धन दलको सरकार बन्ने विश्वास व्यक्त गर्दै भने, ‘विकास र परिवर्तनका निम्ति यो गठबन्धनका उम्मेदवार विजयी हुनुपर्छ ।’ रुख, कलम र गोलाकार भित्रको हँसिया हथौंडा चिह्नमा भोट हाल्न कार्यकर्तामा अन्योलता आउन नहुने बताउँदै उनले गठबन्धनमा उम्मेदवारलाई अत्यधिक भोट हालेर जिताउन अपिल गरे । नेकपा (माओवादी केन्द्र) अध्यक्ष एवं पूर्वप्रधानमन्त्री…

Read More

कर्णाली – सुर्खेत जिल्ला प्रहरी कार्यालयले लागु औषध (ब्राउन सुगर)सहित पाँच जनालाई पक्राउ गरेको छ । सुर्खेतको मुख्य नाका सुब्बा कुनाबाट गाडी चालक वीरेन्द्रनगर नगरपालिका ११ निवासी ३० वर्षीय गङ्गे सुनार, ३९ वर्षीय दीपक ढकाल, ३० वर्षीय नवीन वक्स र डुङ्गेश्वर गाउँपालिका- ३ दैलेख घर भई हाल वीरेन्द्रनगर नगरपालिका- १० मा बस्दै आएका १७ वर्षीय लोचन रावललाई दुई पुरिया ब्राउन सुगरसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुरज कार्कीले जानकारी दिए । गए राति २३ : ४५ बजे नेपालगञ्जबाट सुर्खेततर्फ आउँदै गरेको बा१७च ७९६९ नंको स्कार्पियो गाडी सुब्बा कुनामा जाँच गर्दा चालकको सिट पछाडि सिट कभरको खल्तीमा नापतौल…

Read More

काठमाडौं – भिटामिन ‘ए’ र जुकाको औषधि खान छुटाएका बालबालिका लागि पुनः खुवाइने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले यही कात्तिक २ र ३ गते भिटामिन ‘ए’ र जुकाको औषधि खान छुटाएका बालबालिका नजिकैको स्वास्थ्य संस्थामा लगेर खुवाउन आग्रह गर्नुभएको छ । “छ महिनादेखि ५९ महिनासम्मका कुनै बालबालिका भिटामिन ए क्याप्लुस र एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिका जुकाको औषधि खान छुटेका छन् भने उनीहरुलाई दुई हप्ताभित्र नजिकैको स्वास्थ्य संस्थामा लगेर खुवाउन सकिन्छ”, उहाँले जारी गर्नुभएको विज्ञप्ति उल्लेख गरिएको छ । सरकारले प्रत्येक वर्षमा दुई पटक वैशाख ६ र ७ गते तथा कात्तिक २ र ३…

Read More

विराटनगर – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीले पुर्याएको गुन तिर्नुपर्नेमा जोड दिएका छन् । विराटनगरमा आयोजित सत्ता गठबन्धनको भेलालाई सम्बोधन गर्दै उनले बेठीक मान्छेको हातमा पुगेको देशलाई संकटबाट बचाउन नयाँ जोखिम लिएको बताए । उनले लोकतन्त्र धरापमा पर्ने, संघीयता खारेज हुने हो कि भन्ने अवस्थालाई पार लगाउन आफूले त्याग गरेको र देशलाई जोगाएको बताए । उनले शेरबहादुर देउवा र प्रचण्डले गरेको संघर्षलाई पनि बर्सन नहुने बताए । उनले भने, ‘ शेरबहादुर र प्रचण्डले गरेको संघर्षलाई पनि बर्सन हुँदैन । अहिले अर्को गठबन्धन बनाइएको छ । त्यो प्रतिगामी गठबन्धन हो । त्यसो भएको हुनाले सत्ता गठबन्धन एकताबद्ध भएर…

Read More

काठमाडौं – माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अहिलेको निर्वाचन संग्रामको रूपमा हुन लागेको बताएका छन् । विराटनगरमा आज आयोजित सत्ता गठबन्धनको संयुक्त भेलालाई सम्बोधन गर्दै उनले यो निर्वाचनमा दुई फरक–फरक प्रवृत्तिबीच प्रतिस्पर्धा हुन लागेको समेत बताए । अध्यक्ष प्रचण्डले जनयुद्ध र जनआन्दोलनपछि संविधान निर्माण भएको र अहिले गोरू गाडावालाले टाउको उठाउन खोजेको आरोप लगाए । ‘यो गठबन्धन १२ बुँदे सहमतिको पक्षपातीहरूको गठबन्धन हो । अर्को गठबन्धन गोरूगाडावाला गठबन्धन हो । त्यसकारण मंसिर ४ गते एउटा ठूलो संग्राम हुँदैछ’ उनले भने । ‘यो गठबन्धन नबनाएको भए शेरबहादुरको नेतृत्वमा सरकार पनि बन्दैनथियो । स्थानीत तहमा यो परिणाम आउँदैनथियो’ उनले भने । विस्तृत शान्ति…

Read More

विराटनगर – प्रधानमन्त्री एवं कांग्रेसका सभापति शेरबहादुर देउवा मोरङको विराटनगर आएका छन् । निर्वाचन परिचालन कमिटी प्रदेश १ ले आयोजना गरेको लोकतान्त्रिक वाम गठबन्धन संयुक्त भेलालाई सम्बोधन गर्न उनी शनिबार बिहान विराटनगर आएका हुन् । आगामी ४ मङ्सिरको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनलाई लक्षित गर्दे भेला आयोजना गरिएको हो । भेलामा पूर्व प्रधानमन्त्री ऐवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल पनि सहभागी छन् । उनीहरू दुवै जनाले भेलालाई सम्बोधन गर्ने जनाइएको छ ।

Read More

एजेन्सी – सुडानको दक्षिणमा रहेको ब्लू नाइल राज्यमा पछिल्ला दुई दिनमा जातीय द्वन्द्वमा कम्तीमा १५० जनाको मृत्यु भएको बताइएको छ । हालैका महिनाहरूमा यो लडाइँ सबैभन्दा खराब भएको बताइएको छ। गत हप्ता भूमि विवादपछि प्रतिद्वन्द्वी जातीय समूहहरूबीच हिंसा भड्किएको थियो जसमा एक दर्जनभन्दा बढी व्यक्तिको मृत्यु भएको थियो । हिंसा नियन्त्रण गर्न रातभर कर्फ्यू लगाइएको थियो । लागावामा हिंसा बढेको र ब्लू नाइल क्षेत्रमा द्वन्द्वको पुनरुत्थानबाट चिन्तित भएको संयुक्त राष्ट्रसंघले भनेको छ । `सुरक्षासहित स्थानीय समुदायको आवश्यकतालाई प्राथमिकता दिने र द्वन्द्वका मूल कारणहरूलाई सम्बोधन गर्ने पूर्ण रूपमा कार्यात्मक विश्वसनीय सरकार बिना दिगो शान्ति सम्भव छैन´, सुडानमा संयुक्त राष्ट्र संघको एकीकृत…

Read More

बर्दिया – बर्दियामा जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ। बारबर्दिया–७ मा हात्तीको आक्रमणमा परी ५० वर्षीय सोलिराम थारूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका नायब उपरीक्षक हिक्मतबहादुर बोहोराले जानकारी दिए। पूर्व पश्चिम महेन्द्र राजमार्ग नजिकै ‘मर्निङ वाक’ मा निस्केको बेला थारू हात्तीको आक्रमणमा परेका थिए। पछिल्लो समयमा बर्दियामा जङ्गली जनावरको आक्रमण बढ्दो रहेको छ।

Read More