Author: Nisha Shrestha

काठमाडौं– लजको कोठाभित्र पाहुनाहरूको गोप्य रूपमा भिडियो रेकर्ड गर्ने एक व्यक्ति पक्राउ परेका छन् । प्रहरीले काठमाडौंको बाँसबारीस्थित बाँसवारी रेष्ट्रो क्याफे एन्ड लजमा बस्न आउने पाहुनाहरूको गोप्य रूपमा अश्लील भिडियो रेकर्ड गर्ने गरेको आरोपमा चन्द्रागिरीका मुकेश मालीलाई पक्राउ गरेको हो । प्रहरी वृत्त महाराजगञ्‍जबाट प्रहरी अधिकृतसहितको टोली लजमा पुगी उनको मोबाइल फोन नियन्त्रणमा लिई चेकजाँच गर्दा गेष्‍ट हाउसमा बस्ने गरेका बिभिन्न ब्यक्तिहरूका रेकर्डेड भिडियो फेला पारी मोबाइल फोनसहित मालीलाई नियन्त्रणमा लिएको हो । मुकेश माली उपर मुलुकी अपराध संहिता २०७४ को परिच्छेद–५ को ‘सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धका कसूर’ अन्तर्गत दफा ११८ अभद्र व्यवहार गर्न नहुने’ मुद्दामा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट पाँच दिनको म्याद थप अनुमति प्राप्त अनुसन्धान भइरहेको प्रहरीले…

Read More

काठमाडौँ : मेलम्ची खानेपानी विकास समितिले यही महिना भित्रै उपत्यकामा पानी ल्याउने गरी आवश्यक सुधार र तयारीको काम अघि बढाएको छ । पानी ल्याउन सामान्य सुधारका काम मात्रै गर्नुपर्ने छ । आयोजनाका कतिपय संरचना, आयोजनासम्म पुग्ने सडक र पुल नबन्दासम्म तत्काल मर्मत गरेर पानी ल्याउन लागिएको समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले बताए । स्थायी समाधान नहुँदासम्म वर्षामा पानी ल्याउन रोकेर हिउँदमा मर्मत गरेरै ल्याउनुपर्ने अवस्था छ । गत वैशाखमा पानी पुनःवितरण सुरु गरिएकामा असारदेखि रोकिएको थियो । उनले भने, “यो वर्ष आयोजनामा कम क्षति भएकाले अघिल्लो वर्षभन्दा चाँडै पानी ल्याउन सकिनेछ ।” वर्षा सकिएकाले अस्थायीरुपमा पानी चलाउन सडक र पुल मर्मत भइरहेको…

Read More

काठमाडौँ – निर्वाचन आयोगले समानुपातिक उम्मेदवारको अन्तिम बन्दसूची प्रकाशन गर्ने तयारीमा जुटेको छ । उसले अन्तिम बन्दसूची आगामी ९ कात्तिकमा प्रकाशन गर्ने भएको जनाएको छ । प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका र प्रदेशसभा समानुपातिक निर्वाचन निर्देशिकाअनुसार दाबीविरोध गर्ने समय समाप्त भएपछि कुनै उम्मेदवारको सम्बन्धमा दाबीविरोध परेमा त्यसको आवश्यक जाँचबुझ र निर्णयसमेत गरी ९ कात्तिकमा अन्तिम बन्दसूची प्रकाशन गर्ने आयोगले जनाएको छ । उम्मेदवारको अन्तिम बन्दसूची प्रकाशन गर्दा दलले पेस गरेको बन्दसूचीमा रहेको क्रमसमेत खुलाई सम्बन्धित समावेशी समूहको उम्मेदवारको नाम क्रमबद्ध प्रकाश गरिने भएको छ । यस्तै, आयोगले उम्मेदवारको अन्तिम बन्दसूची प्रमाणित गरी सम्बन्धित दललाई बुझाउनेछ । आयोगले गत १६ असोजमा…

Read More

काठमाडौँ – अदालतको आदेशपछि रिहा भएका कमेडियन अपूर्व क्षितिज सिंहले मुद्दा जितेरै छाड्ने बताएका छन् । उनले यो आफ्नो मात्र मुद्दा नभएर सबै नेपालीको अभिव्यक्ति स्वतन्त्रताको लागि भएको समेत जनाएका छन् । उनी फेसबुकमा लेख्छन्, ‘यो देशको व्यवस्था कस्तो छ भन्ने कुराबारे म नेपाली नागरिकहरुलाई भन्न चाहन्छु । यो मुद्दा कति गम्भीर छ भन्ने कुरा थाहा पाउन जरुरी छ । नेपालमा यस्तो खाले मुद्दा पहिलो हो र यसमा के हुन्छ कसैलाई थाहा छैन । यो मुद्दा हारियो भने जसले जसलाई पनि मुद्दा हाल्न मिल्छ । कसैले केही बोल्न पाउँदैन । मान्छे किन देश छाडेर विदेश जान्छन् भन्ने कुरा मैले बल्ल…

Read More

काठमाडौँ – नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले राजनीतिक स्थिरता बिना विकास निर्माण सम्भव नहुने भएको बताएका छन् । शुक्रवार काठमाडौँमा आयोजित वाम गठबन्धनको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिंहले देशमा स्थिरता कायम होस् भन्ने चाहना जनताको भएकाले राजनीतिक स्थिरताकै लागि गठबन्धन गरिएको बताए । उनले गठबन्धनको विकल्प नभएको समेत बताए । राजनीतिक स्थिरताबाटै देशमा समृद्धि र विकास हुने भन्दै उनले आगामी निर्वाचनमा गठबन्धनलाई जिताउन आग्रह समेत गरे । गठबन्धनलाई जिताउन देशभरका सबै नेता, कार्यकर्ता सहजताका लागि आवश्यक पहल गर्न सिंहको आग्रह छ ।

Read More

काठमाडौं– निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको प्रचारप्रसार गर्ने सिलसिलामा निर्वाचन आचारसंहिता उल्लंघन गरेकोभन्दै एक दर्जनभन्दा बढी नेता तथा कार्यकर्तालाई स्पष्टीकरण सोधेको । आयोगले स्पष्टीकरण सोधेकामा धेरैजसो उच्चतहका नेताहरू छन् । स्पष्टीकरण सोधेकामध्ये दुई जना त प्रधानमन्त्री भइसकेका र पार्टीको अध्यक्ष समेत रहेका व्यक्ति छन् । आयोगले बिहीबार मात्र ‘फ्रि भिसा र फ्रि टिकट’ को आश्वासन दिएको विषयमा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधव कुमार नेपाललाई स्पष्टीकरण सोधेको थियो।प्रतिनिधि सभा सदस्य रौतहट क्षेत्र नं। १ का उम्मेदवार नेपाललाई ‘फ्रि भिसा र फ्रि टिकट’ को आश्वासन दिएको विषयप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै आयोगले २४ घन्टाभित्र स्पष्टीकरण पेस गर्न पत्र पठाएको हो । ‘बिना ढेउवा के भिसा मिल्ते हेँ, टिकट मिल्ते हेँ, काठमाडौँमे तालिम मिल्ते हें’ भनी नेपालले दिएको सार्वजनिक अभिव्यक्ति सामाजिक सञ्जालमा सार्वजनिक…

Read More

काठमाडौँ – नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा. बाबुराम भट्टराईले गठबन्धनलाई जिताएर पाँच वर्षको स्थिर सरकार दिनुपर्ने बताएका छन् । सत्ता गठबन्धनद्वारा काठमाडौँ ७ मा आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै उनले गठबन्धनको पहिलो प्राथमिकता अहिलेसम्मको उपलब्धि रक्षा गरेको जिकिर गरे । उनले भने, ‘हामी ७ सालदेखि लडेर ल्याएको उपलब्धिलाई उट्याउन अहिले विभिन्न शक्ति लागिरहेका छन् । त्यसलै संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाको लागि हामीले यो वाम लोकतान्त्रिक गठबन्धन बनाएका छौँ । अहिले चुनावको मुख्य प्राथमिकता पनि अहिलेसम्मको उपलब्धिलाई संस्थागत गर्नु नै हो । ७ सालदेखि लडेर ल्याएको लोकतन्त्रको हामी रक्षा गछौँ ।’ उनले गठबन्धनले चुनाव हार्नु भनेको देश फेरि प्रतिगमनतिरै…

Read More

काठमाडौँ – चीनसँग सीमा विवाद रहेको भारतको पूर्वोत्तर राज्य अरूणाञ्चलमा शुक्रबार भारतीय सेनाको एक हेलिकप्टर दुर्घटनामा परेको छ। टाइम्स अफ इन्डियाका अनुसार सिङगिङ गाउँनजिक हेलिकप्टर दुर्घटना परेको हो। हेलिकप्टरमा पाइलट र एक जना यात्रु थिए। दुर्घटना भएको ठाउँमा सडक पुगेको छैन। उद्धारका लागि अर्को टोली पठाइएको बताइएको छ। दुर्घटनाको क्षतिबारे विस्तृत विवरण आउन बाँकी छ।

Read More

काठमाडौँ – प्रतिनिधिसभा सदस्यका उम्मेदवार दिएका राजु गुरुङको रिट न्यायाधीशद्वय कुमार रेग्मी र ईश्वरप्रसाद खतिवडाको संयुक्त इजलासमा परेको छ । बैंकिङ कसुरमा कालो सूचीमा नाम रहेको भन्दै उम्मेदवारी निर्वाचन अधिकृतको कार्यालयले खारेज गरेपछि गुरुङ सर्वोच्च अदालत आएका हुन् । उनी सत्ता गठबन्धनका तर्फबाट रुपन्देही क्षेत्र नम्बर २ बाट साझा उम्मेदवार हुन् । यसअघि सर्वोच्च अदालतले गुरुङको उम्मेदवारी खारेज नगर्न अल्पकालीन आदेश दिएको थियो । सर्वोच्च अदालतले अल्पकालीन आदेश निरन्तरता हुने आदेश गरे गुरुङ उम्मेदवार हुने पाउने छन् ।

Read More

काठमाडौँ – आगामी मंसिर ४ गते हुने प्रदेश सभा निर्वाचनमा महिला उम्मेदवारको उपस्थिती निराशाजनक रहेको पाइएको छ । निर्वाचन आयोगका अनुसार सात प्रदेशमा ३३० सीटको लागिको हुने निर्वाचनमा ३ हजार २२३ जनाको उम्मेदवारी परेको छ । उम्मेदवारी दिनेमध्ये २ हजार ९४३ जना पुरुष छन् भने २८० जना महिला । परेको कुल उम्मेदवारीमध्ये महिलाको संख्या मात्र ८.६८ प्रतिशत रहेको छ । आयोगले सार्वजनिक गरेको तथ्याङ्क अनुसार प्रदेश सभाका ३३० सीटमध्ये १५८ वटामा एक जना महिलाको पनि उम्मेदवारी परेको छैन । अर्थात करिव आधा सीटमा एक जना पनि महिला प्रतिस्पर्धामा उत्रिएका छैनन् । कुलकाे ४७.८७ प्रतिशत सीटमा महिला उम्मेदवारी सून्य रहेकाे छ…

Read More