काठमाडौँ – नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले राजनीतिक स्थिरता बिना विकास निर्माण सम्भव नहुने भएको बताएका छन् ।
शुक्रवार काठमाडौँमा आयोजित वाम गठबन्धनको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिंहले देशमा स्थिरता कायम होस् भन्ने चाहना जनताको भएकाले राजनीतिक स्थिरताकै लागि गठबन्धन गरिएको बताए । उनले गठबन्धनको विकल्प नभएको समेत बताए ।
राजनीतिक स्थिरताबाटै देशमा समृद्धि र विकास हुने भन्दै उनले आगामी निर्वाचनमा गठबन्धनलाई जिताउन आग्रह समेत गरे ।
गठबन्धनलाई जिताउन देशभरका सबै नेता, कार्यकर्ता सहजताका लागि आवश्यक पहल गर्न सिंहको आग्रह छ ।
Facebook Comments Box