Author: Dipak Dhamala

प्रकाश साउद अध्यक्ष रहेको नेकपा एमालेको डडेल्धुरा जिल्ला कमिटी विघटन गरिएको छ। एमालेको सुदूरपश्चिम प्रदेश कमिटीले पार्टी क्रियाशिल नरहेको र अनुशासन उल्लंघन गरेपछि साउद अध्यक्ष रहेको कमिटी बिघटन गरेको जनाएको छ। बिगठित कमिटीका सचिव गजेन्द्र शाहीलाई संयोजक तोकेको छ।  प्रदेश सचिव धर्मराज पाठकका अनुसार शाहीलाई संयोजकको जिम्मेवारी दिएर असार मसान्त भित्र विशेष जिल्ला अधिवेशन सम्पन्न गरी प्रदेश कमिटीलई जानकारी गराउन पत्रसमेत दिइएको छ। शाहीको संयोजकत्वमा ५१ सदस्यीय नयाँ जिल्ला कमिटी गठन गरिएको छ।

Read More

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेललाई थप उपचारका लागि भारत लैजान तयारी थालिएको छ । स्वास्थ्य समस्यापछि मंगलबार शिक्षण अस्पताल महाराजगञ्ज भर्ना गरिएका राष्ट्रपति पौडेलको छातीको संक्रमण कम नभएपछि थप उपचारका लागि भारत लैजान लागिएको हो । त्रिवि शिक्षण अस्पतालका प्रशासन प्रमुख वैकुण्ठ थपलियाका अनुसार चिकित्सक र परिवारको परामर्शपछि बुधबार एयर एम्बुलेन्समार्फत भारत लैजाने तयारी भइरहेको छ। राष्ट्रपति पौडेललाई श्री एयरलाइन्सको एयर एम्बुलेन्समार्फत् बुधबार बिहान साढे नौ बजे भारत लैजान लागिएको बुझिएको छ।   भारतमा उनको उपचार अल इन्डिया इन्सिच्युट अफ मेडिकल साइन्समा हुने बताइएको छ। लामो समय औषधि सेवन गर्दा पनि छातीको संक्रमण कम नभएपछि उपचारमा संलग्न चिकित्सकले थप उपचारका लागि भारत…

Read More

काठमाण्डाै – एसीसी प्रिमियर कप क्रिकेटमा आज दुई वटा खेल हुँदैछन् । आज कीर्तिपुर मैदान र मुलपानी मैदानमा एक/एक खेल हुँदैछ । समूह ‘ए’ का ओमान र कतारबीच मुलपानी मैदानमा तथा समूह ‘बी’ का युएई र कुवेतबीच कीर्तिपुरमा मैदानमा खेल हुन लागेको हो । दुवै खेल बिहान नौ बजेदेखि सुरु हुनेछ । यो प्रतियोगितामा १० देश सहभागी छन् । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा आयोजक नेपाल सहित मलेसिया, साउदी अरब, कतार र ओमान रहेका छन् । समूह ‘बी’ मा बहराइन, कुवेत, सिंगापुर, हङकङ र युएई रहेका छन् । हरेक समूहको शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन्…

Read More

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना आज रुस जाँदैछन् । रूसको माथिल्लो सदन संघीय सभा, संघ परिषदका अध्यक्ष भ्यालिन्टिना म्याटभियन्कोको निमन्त्रणामा उनी रुस जान लागेका हुन । बिहान १० बजे रुस तिर प्रस्थान गर्ने उनको टोलीमा ८ जना सदस्य रहनेछन् । अध्यक्ष तिमिल्सिना रुस जाने भए पछि बैठक भने अनिश्चित कालका लागि स्थगित भएको छ ।

Read More

कैलाली । कैलालीको  भजनी नगरपालिकामा कार्यरत स्वास्थ्यकर्मीले चार महिनादेखि पारिश्रमिक पाएका छैनन् । सङ्घीय सरकारबाट स्थानीय तहमा समायोजन भएर आएका ४० स्वास्थ्यकर्मीले चार महिनादेखि तलब पाउन सकेका छैनन् । नगरपालिकाका स्वस्थ्य शाखा प्रमुख कैलाश चौधरी स्वास्थ्यकर्मीले तलबभत्ता नपाउँदा दिनहुँ किचलो हुने गरेको बताउछन् । नगरपालिकाले करार तथा ज्यालादारीमा राखेका कर्मचारीलाई भने पारिश्रमिक उपलब्ध गराएको उनको भनाइ छ । चौधरी भन्छन्, “चार महिनादेखि बिनातलब काम गर्नुपरेको छ, घरखर्च कसरी चलाउने भन्ने स्थिति छ ।” सङ्घी सरकारले दुई किस्तामा रकम उपलब्ध गराएको चौधरीले बताए । पहिलो किस्तामा रु एक करोड ९२ लाख र दोस्रो किस्तामा रु ४२ लाख पठाएको थियो । चालु…

Read More

धनगढीः कैलालीको लम्कीबाट २ जना पक्राउ परेका छन्। जिल्लाको लम्कीचुहा नगरपालिका–४ कौवापुर खल्लामा लागुऔषध (खैरो हिरोईन) बेचबिखन तथा सेवन भई रहेको भन्ने गोप्य सुचनाको आधारमा सोही ठाँउका २३ वर्षीय शमिर अधिकारी र २४ वर्षीय प्रकाश ओलिलाई पक्राउ गरिएको छ।   शमिरले लगाएको कालो रङको जिन्सको पाइन्ट अगाडिको खल्तीबाट प्लाष्टिकको झिल्लीमा पोका पारेको १ थान प्लाष्टिक सहित २ ग्राम ३ सय ४० मिलिग्राम लागु औषध (खैरो हेरोईन) फेला पारी बरामद गरिएको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय लम्कीबाट प्रहरी निरिक्षक शंकर खड्काको कमाण्डमा खटिएको टोलीले उनीहरुलाई मंलवार अपरान्ह ४ः३० बजे पक्राउ गरेको हो। यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Read More

काठमाडौँ । निर्वाचन आयोगले गत मङ्सिर चार गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको खर्च विवरण पेस नगर्ने उम्मेदवारहरूलाई सात दिनभित्र सफाइसहितको स्पष्टीकरण बुझाउन निर्देशन दिएको छ ।  आज एक सूचना प्रकाशित गर्दै उम्मेदवार र संलग्न पार्टीको नाम ताेकेर सात दिनभित्र स्पष्टीकरण बुझाउन आयोगले समय सीमा दिएकाे हो ।खर्च विवरण पेस नगर्नुको चित्तबुझ्दो कारण पेस गर्न नसकेमा कारबाही प्रक्रिया अघि बढाइने आयोगले जनाएको छ । 

Read More

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज गोरखा र तनहुँ जिल्ला जाँदै छन् । उनी बिहान नौ बजे त्यसतर्फ प्रस्थान गर्न लागेका हुन् । प्रतिनिधि सभामा गोरखाबाट निर्वाचित प्रचण्ड त्यहाँका विभिन्न कार्यक्रममा सहभागी हुने र त्यसपछि तनहुँ जाने कार्यक्रम छ । तनहुँमा उपनिर्वाचनका कार्यक्रम लगायतमा उनी सहभागी हुनेछन् ।

Read More

काठमाडौँ । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे बस्ने संसद् सचिवालयले जनाएको छ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रियसभाबाट सन्देशसहित प्राप्त अख्तियार दुरुपयोग अनुसन्धान आयोग विधेयक, २०७७ सदनमा प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।

Read More

काठमाडौँ । सरकारले आज र भोलि बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाउने भएको छ । ६ महिनादेखि ५९ महिना उमेरसम्मका बालबालिकालाई भिटामिन ए क्याप्सुल तथा एक बर्षदेखि ५९ महिना उमेरसम्मका बालबालिकालाई जुकाको औषधि खुवाउन लागिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आफ्ना बालबालिकाहरूलाई नजिकैको महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकामार्फत् भिटामिन ए र जुकाको औषधि खुवाउन मन्त्रालयको आग्रह छ । सरकारले हरेक वर्ष बैशाख र कात्तिक महिनामा बालबालिकाहरूलाई भिटामिन ए र जुकाको औषधि खुवाउने कार्यक्रम संचालन गर्दै आएको छ ।

Read More