प्रकाश साउद अध्यक्ष रहेको नेकपा एमालेको डडेल्धुरा जिल्ला कमिटी विघटन गरिएको छ। एमालेको सुदूरपश्चिम प्रदेश कमिटीले पार्टी क्रियाशिल नरहेको र अनुशासन उल्लंघन गरेपछि साउद अध्यक्ष रहेको कमिटी बिघटन गरेको जनाएको छ। बिगठित कमिटीका सचिव गजेन्द्र शाहीलाई संयोजक तोकेको छ।
प्रदेश सचिव धर्मराज पाठकका अनुसार शाहीलाई संयोजकको जिम्मेवारी दिएर असार मसान्त भित्र विशेष जिल्ला अधिवेशन सम्पन्न गरी प्रदेश कमिटीलई जानकारी गराउन पत्रसमेत दिइएको छ। शाहीको संयोजकत्वमा ५१ सदस्यीय नयाँ जिल्ला कमिटी गठन गरिएको छ।
Facebook Comments Box