२०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते

गुप्तचरका हाकिम यताउताको तयारी

बिहिवार, श्रावण १७ २०८१०२:४७

काठमाडौं: नेपालको जासुसी संस्था मानिने राष्ट्रिय अनुसन्धान विभागका प्रदेशका हाकिमको सरुवा गर्ने तयारी थालिएको छ। प्रधानमन्त्रीले सातै प्रदेशका प्रमुखको रुपमा रहेका डिआइजीहरु सरुवाको तयारी थालेको हो।

स्रोतका अनुसार राष्ट्रिय अनुसन्धान विभागले डिआइजी सरुवाको सिफारिस दुई दिनअघि नै प्रधानमन्त्री कार्यालय पठाइसकेको छ। हाल कोशी प्रदेशमा किशोर श्रेष्ठ, सुदूरपश्चिममा इन्द्र लामा, मधेस प्रदेशमा सञ्जय यादव, बागमतीमा रामप्रसाद दास, लुम्बिनीमा ओम खड्का र कर्णालीमा माधव तिमल्सिना र गण्डकीमा कृष्ण खनाल छन्।

भदौबाट नै ती डिआइजीहरु नयाँ कार्यक्षेत्रमा खटाइने सम्भावना छ।

प्रतिक्रिया
सम्बन्धित समाचार