२०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते

गुप्तचरका हाकिमहरु यताउता, सुदूरपश्चिममा को आए ?

सोमवार, श्रावण २८ २०८१०९:०७

काठमाडौं: नेपालको जासुसी संस्था मानिने राष्ट्रिय अनुसन्धान विभागका डिआईजी हेरफेर गरिएका छन्। हिजोअस्तिमा विभागका प्रदेशका हाकिम (डिआईजी) को सरुवा गरिएको हो।

स्रोतका अनुसार राष्ट्रिय अनुसन्धान विभागको सिफारिसमा प्रधानमन्त्रीले डिआईजी सरुवा गरेका हुन्।

हाल कोशी प्रदेशमा किशोर श्रेष्ठ, सुदूरपश्चिममा इन्द्र लामा, मधेस प्रदेशमा सञ्जय यादव, बागमतीमा रामप्रसाद दास, लुम्बिनीमा ओम खड्का र कर्णालीमा माधव तिमल्सिना र गण्डकीमा कृष्ण खनाल कार्यरत थिए।

अब उनीहरूको सरुवा भएकोमा सुदूरपश्चिममा किशोर श्रेष्ठ आउने भएका छन् भने सुदूरपश्चिमबाट लामा कोशी जाने भएका छन्।

यस्तै कर्णाली प्रदेशबाट माधव तिमिल्सिना मधेश प्रदेश गएकोमा त्यहाँका सञ्जय यादव बागमती सरुवा भएका छन्।

यस्तै बागमतीका रामप्रसाद दास लुम्बिनी आएका छन् भने लुम्बिनीका ओम खड्का कर्णाली प्रदेश गएका छन्।

यस्तै गण्डकीका कृष्ण खनालको विभागको केन्द्रीय कार्यालय सरुवा भएकोमा गण्डकी प्रजेश सिंह हमाल गएका छन्।

अब उनीहरू केही दिनमै नयाँ कार्यक्षेत्रमा खटिने छन्।

र, यो पनि: गुप्तचरका हाकिम यताउताको तयारी

प्रतिक्रिया
सम्बन्धित समाचार