काठमाडौं । नयाँ प्रधानन्यायाधीश नियुक्तिको प्रक्रिया अघि बढेको छ। प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले अर्काे महिना अवकाश पाउने भएपछि नयाँ प्रधानन्यायाधीशका लागि ६ जनाको नाम सिफारिस भएको छ। न्याय परिषद्ले मंगलबार सर्वाेच्चका ६ वरिष्ठतम् न्यायाधीशको नाम संवैधानिक परिषद्मा पठाएको हो ।
वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्लसहित कुमार रेग्मी, हरिप्रसाद फुयाल, डा.मनोजकुमार शर्मा, डा. नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठको नाम न्याय परिषद्ले संवैधानिक परिषद्मा पठाइएको हो । प्रधानन्यायाधीश राउतले ६५ वर्षे उमेरहदका कारण आगामी १७ चैतदेखि अनिवार्य अवकाश पाउँदैछन् । प्रधानन्यायाधीश रिक्त हुनुभन्दा एक महिनाअघि नै नियुक्ति गर्नुपर्ने संवैधानिक प्रावधान छ ।
सामान्यतया वरिष्ठतम् न्ययाधीश नै प्रधानन्यायाधीश रहने प्रचलन रहँदै आएको छ । जसअनुसार सपनाकै सम्भावना उच्च छ । तर, संसदीय सुनुवाई समितिले भने अस्वीकृत पनि गर्न सक्छ । संसदमा करिब दुई तिहाईसहित रास्वपा आउने भएपछि न्यायालय सुधारका नाममा केही नियुक्ति अस्वीकृत गर्ने चर्चा समेत चल्न थालेको छ।