२०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते

लेमन ट्री होटलमा प्रहरीको छापा

मंगलवार, चैत्र ३ २०८२०४:०७


काठमाडौं -बुढानिलकण्ठ नगरपालिका–१ स्थित लेमन ट्री होटल भित्र संचालनमा रहेको गडुल क्यासिनोमा जुवातास खेलिरहेको अवस्थामा १३ जना नेपालीलाई प्रहरीले पक्राउ गरेको छ । बुढानिलकण्ठ २ बस्ने ४८ वर्षीय दिलिप लामा समेत १३ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ९० हजार रूपैयाँ सहित पक्राउ गरेको हो ।  क्यासिनोमा नेपालीलाई जुवा खेल्न प्रतिबन्ध भएपनि सो क्यासिनोमा नेपालीलाई छिराउने सूचनाका आधारमा प्रहरीले छापा हानेको हो । यसमा क्यासिनोका सञ्चालन पनि छानबिनमा तानिने सम्भावना छ। 

प्रतिक्रिया
सम्बन्धित समाचार