काठमाडौं । एक मेयरले आफ्नै कर्मचारीसँग एक लाख घुस लिएका छन् । रुकुम पश्चिमको चौरजहारी नगरपालिकाका प्रमुख पुष्प वादीले सबइन्जिनियरको करार सेवा थप गर्न एक लाख घुस लिएका हुन्।
उनले बैंक खातामै सबइन्जिनियरी मोहन शाहसँग घुस लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिनमा पुष्टि भएको छ। वादी र शाह दुवैविरुद्ध मंगलबार बिशेष अदालतमा मुद्दा दायर भएको छ।
आर्थिक वर्ष २०८१–८२ मा शाहको करार सेवा थप गर्न मेयर वादीले एक लाख घुस लिएका थिए।
आर्थिक वर्ष २०८२–८३ को सेवा अवधि थप गर्न पनि उनले एक लाख घुस मागेको तर नदिएपछि शाहलाई बर्खास्त गरेको आयोगको दाबी छ ।
अघिल्लो वर्ष एक लाख घुस दिएको पुष्टि भएपछि सबइन्जिनियर शाहविरुद्ध पनि अख्तियारले मुद्दा दायर गरेको छ । वादी नेकपाका मेयर हुन्।