काठमाडौं । सुदूरपश्चिमको विकासका प्रमुख चुनौती र चुनौतीबारे सुदूरपश्चिमाञ्चल सरोकार मञ्चले सेमिनार आयोजना गर्ने भएको छ। मञ्चको शनिबार काठमाडौंमा सम्पन्न कार्यसमिति बैठकले यससम्बन्धि निर्णय गरेको हो।
हालै सम्पन्न निर्वाचनमा सुदूरपश्चिम प्रदेशबाट निर्वाचित प्रतिनिधिसभा सदस्यहरूलाई शुभकामना व्यक्त गर्दै प्रदेशको विकासका चुनौतीबारे बुँदागत रुपमा प्रस्तुत गर्नका लागि सेमिनार आयोजना गर्ने निर्णय गरिएको मञ्चले जनाएको छ। प्रदेशका सबै सांसदलाई राखेर यस्तो कार्यक्रम गर्न लागिएको हो।
अध्यक्ष दीर्घसिंह बमको अध्यक्षतामा बसेको मञ्चको बैठकले सुदूरपश्चिमसँग सम्बन्धित काठमाडौंमा रहेका संघ संस्थाहरूसँग सहकार्य र समन्वय गर्ने पनि निर्णय गरेको छ।
बैठकले मञ्चका सदस्य डा.गुणाकर भट्ट राष्ट्रिय योजना आयोगको उपाध्यक्ष पदमा नियुक्त भएकोमा बधाई ज्ञापन गर्दै उनले सुदूरपश्चिमको विकासका लागि उनले मियाको रुपमा काम गर्ने विश्वास लिएको छ। त्यस्तै, मञ्चको कार्यसमितिको कोषाध्यक्षमा हेमा भट्टलाई मनोनयन गरिएको छ ।
बैठकमा अध्यक्ष बमसहित उपाध्यक्ष टिकाराम भट्ट, सचिव रामदत्त जोशी, कोषाध्यक्ष हेमा भट्ट तथा कार्यसमिति सदस्यहरू कुश्माकर भट्ट, जनक धामी, दशरथ जोशी, बिक्रम राना, रवि धामी, सूर्यबहादुर शाह लगायतको उपस्थिती थियो।