२०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते

विष्णु पौडेलले लुकाएको सम्पत्ति खोज्दै सरकार

शुक्रवार, आषाढ १२ २०८३०९:३०


काठमाडौं- सरकारले विचौलिया दिपक भट्टसँग जोडिएका नेताहरूको पनि कारोबार खोतल्न थालेको छ । जसक्रममा एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ परिसकेका छन्।

पौडेलसँग करिब एक अर्ब रुपैयाँ बराबरको सम्पत्ति भेटिएको स्रोत बताउँछ । विभिन्न व्यक्तिको नाममा उनले ती सम्पत्ति लुकाएका थिए।

बिचौलिया भट्टको नाममा श्रीराम टोबाको कम्पनीमा करिब ३० करोड मूल्य बराबरको शेयर रहेको दाबी विभागको छ। जून शेयर सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले रोक्का गरिसकेको छ।

त्यस्तै, रुपन्देहीमा शशी पौडेलको नाममा रहेको फार्म पनि उनकै भएको आधारमा विभागले छानबिन थालेको छ । त्यस्तै, अन्य विभिन्न व्यक्तिको नाममा रहेका घरजग्गा पनि बुझ्ने काम भइरहेको स्रोत बताउँछ।

पौडेलपछि भट्टसँग कारोबार देखिएका अन्य नेतालाई पनि पक्राउ गर्न लागिएको  छ। 

प्रतिक्रिया
सम्बन्धित समाचार