काठमाडौं । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको पोशाक लगायत खरिदको संसदमा छानबिन अघि बढेको छ। प्रतिनिधिसभाको लेखा समितिले १५ दिनभित्र प्रहरीको पोसाक तथा अन्य सामाग्री खरिदको विवरण पेस गर्न बुधबार निर्देशन दिएको छ ।
समितिले पोसाक तथा अन्य सामाग्री खरिदको आन्तरिक, प्राविधिक तथा आर्थिक मूल्यांकन सम्झौता,आपूर्ति गुणस्तर परीक्षणको विवरण, बिल तथा भुक्तानी विवरण पेस गर्न भनेको हो । ’’विगतमा खरिद गरेका सामान प्रकृतिका सामाग्रीको विवरण र हालको विवरणसहितका आवश्यक कागजात १५ दिनभित्र पेस गर्नू,’’ समितिले भनेको छ ।
समितिले बुधबार गृहसचिव राजकुमार श्रेष्ठ, नेपाल प्रहरीका महानिरीक्षकका महानिरीक्षक दानबहादुर कार्की तथा सशस्त्र प्रहरीका आइजिपी नारायणदत्त पौडेललाई बोलाएर प्रष्टीकरण लिएको छ। गत वर्ष दुवै प्रहरीका खरिदमा सेटिङको आरोप लागेको थियो।